• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना प्रभावले औषधिको कच्चा पदार्थ अभाव

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७६, बिहीबार ०९:३४
  • ५४२२

    काठमाडौँ |  चीनमा कोरोना भाइरस रोग–२०१९ (कोभिड–१९) को प्रभाव व्यापक बन्दा नेपालको औषधि उद्योगमा असर परेको छ । भारतबाट औषधिको कच्चा पदार्थ आउने क्रम रोकिन थालेको छ । भारतमा बढी कच्चा पदार्थ चीनबाट भित्र्याइन्छ । बढी कच्चा पदार्थ उत्पादन गर्ने चीनको हुबेई प्रान्त कोभिड–१९ को संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ । संक्रमण सुरु भएपछि त्यहाँ कच्चा पदार्थ उत्पादन गर्ने कारखाना बन्द भएका छन् । भारतीय औषधि उद्योगले त्यहीँबाट सबभन्दा बढी कच्चा पदार्थ वा ‘एक्टिभ फर्मास्युटिकल इन्ग्रेडिएन्ट’ (एपीआई) आयात गर्छन् । पछिल्लो समय भारतले चीनबाट कच्चा पदार्थ आयात गर्न पाएको छैन । त्यसले नेपालको औषधि उद्योगलाई समेत असर गरेको हो ।

    नेपाल औषधि उत्पादक संघ (एपोन) का अध्यक्ष जी नारायणबहादुर क्षत्रीले बजारमा औषधि अभाव नदेखिए पनि उत्पादकहरूलाई कच्चा पदार्थको समस्या पर्न थालिसकेको बताए । उनका अनुसार भारतबाट ‘अर्डर’ रद्द हुन थालेको छ ।औषधिको कच्चा पदार्थका लागि विश्वका अधिकतर मुलुक चीनमा निर्भर छन् । भारत विश्वमा तेस्रो सबभन्दा बढी औषधि उत्पादन गर्ने मुलुक हो । भारतमा बर्सेनि करिब ३९ अर्ब डलर बराबरको औषधिको कारोबार हुन्छ । अहिले हुबेईबाट कच्चा पदार्थ निर्यात हुँदैन ।

    चीनमा स्थिति नसुध्रिए दुई/तीन महिनामै नेपालमा विभिन्न औषधिको उत्पादन बन्द गर्नुपर्ने वा बढी मूल्य तिरेर युरोपेली मुलुकबाट महँगो मूल्यमा कच्चा पदार्थ ल्याउनुपर्ने अवस्था आउने नेपाली औषधि उत्पादकहरू बताउँछन् । ‘हामीकहाँ स्टक रहेको कच्चा पदार्थले अब २–३ महिना मात्र धान्छ । कोरोना संक्रमणको स्थिति नसुध्रिए नेपाली औषधि उद्योग बन्द हुन्छन्,’ एपोन अध्यक्ष क्षत्रीले भने । औषधि उत्पादकका अनुसार अभाव बढ्दै जाँदा कच्चा पदार्थको मूल्यमा अत्यधिक वृद्घि भएको छ । पारासिटामोलको कच्चा पदार्थको भाउ दोब्बर भएको छ । एजिथ्रोमाइसिनलगायतका एन्टिबायोटिकको मूल्य ७० प्रतिशतसम्म बढेको छ ।

    एपोनका कोषाध्यक्ष प्रभात रुंगटाका अनुसार नेपाल औषधिको ९८ प्रतिशत कच्चा पदार्थका लागि भारतमा निर्भर छ । भारतले भने करिब ८० प्रतिशत कच्चा पदार्थ चीनबाट भित्र्याउँछ । ‘घरेलु औषधिको स्टकमा कमी देखिएपछि भारतीय सरकारले अत्यावश्यक औषधिको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाउने तयारी गरेको छ,’ रुंगटाले भने, ‘हामीकहाँ पनि प्रायः सबै औषधिको कच्चा पदार्थको स्टक रित्तिँदै छ । अभावको समस्या नटरे औषधिको मूल्य बढ्न सक्छ ।’ उनले औषधि उद्योगको परनिर्भरता हटाउन सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । औषधि उत्पादक दीपक प्रधानका अनुसार युरोपबाट कच्चा पदार्थ ल्याउनुपर्ने स्थिति आए औषधि धेरै महँगो हुन्छ ।

    उत्पादकहरूका अनुसार नेपालको औषधि बजारमा भारतीय उत्पादनले करिब ५२ प्रतिशत, नेपाली उत्पादनले करिब ४५ प्रतिशत र अन्य देशको उत्पादनले ३ प्रतिशत स्थान ओगटेको छ । नेपालमा वर्षमा करिब ३० अर्ब रुपैयाँसम्मको औषधि आयात हुन्छ । यहाँको औषधि उद्योगमा करिब ४० अर्ब रुपैयाँको लगानी छ । नेपालमा करिब ८ सय प्रकारका औषधि उत्पादन हुन्छ । औषधि उद्योगबाट करिब ३० हजारले रोजगारी पाएका छन् ।

    कुवेतमा नेपाली सुरक्षित : दूतावास

    कुवेतमा कोरोना भाइरस रोग (कोभिड–१९) को संक्रमण देखिएपछि त्यहाँको सरकारले उच्च सतर्कता अपनाउँदै आफ्ना नागरिक र विदेशी पर्यटक तथा कामदारलाई भीडभाडबाट जोगिन आग्रह गरेको छ । कुवतेमा बुधबार बेलुकासम्म कोरोनाबाट संक्रमितको संख्या २६ पुगेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।कुवेतस्थित नेपाली दूतावासले हालसम्म त्यहाँ कार्यरत नेपालीलाई संक्रमण भएको कुनै जानकारी नआएको जनाएको छ । कुवेतमा करिब ७० हजार नेपाली कार्यरत छन् । ‘हामीले नेपालीलाई कुनै कार्यक्रम नराख्न, भीडभाडमा नजान र सतर्कता अपनाउन भनेका छौं,’ कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले फोनमा भने ।

    कुवेतमा नेपालीले यसअघि तय गरेका सामूहिक कार्यक्रम सबै स्थगित गरेका छन् । कुवेत सरकारले आफ्नो राष्ट्रिय दिवस र स्वतन्त्रता दिवसका अवसरमा आयोजित सार्वजनिक कार्यक्रमसमेत स्थगित गरेको छ । त्यहाँ राष्ट्रिय दिवस मंगलबार र स्वतन्त्रता दिवस बुधबार थियो । यस्तै, स्कुल, कलेज दुई साताका लागि बन्द गरिएका छन् ।कुवेत अन्तर्राष्ट्रिय विमानस्थलभित्रको रेस्टुरेन्टमा कार्यरत सुपरभाइजर हरिकृष्ण न्यौपानेले त्यहाँ अहिले इरान, इराक, थाइल्यान्ड, जापान, सिंगापुर र चीनका २ क्षेत्रमा आवतजावत गर्ने विमान सेवा स्थगित गरिएको बताए । ‘हामीलाई पनि यहाँ विमास्थलमा अनिवार्य रूपमा मास्क लगाएर हिँड्न, बिनाकाम बाहिर ननिस्कन, जमघटमा नजान भनिएको छ,’ उनले भने, ‘विमानस्थलमा यात्रा गर्नेहरू पनि कमै देखिन थालेका छन् ।’ कुवेत सरकारले कोरोना संक्रमणका बेला ‘मेडिकेटेड मास्क’ को अभाव सिर्जना गर्ने र मूल्य बढाउने १९ औषधि पसल बन्द गरेको छ ।

    नेपालबाट घरेलु कामदारको अवस्था अध्ययन गर्न खाडीका देश जान लागेको संसदीय टोली तत्काल कुवेत नजाने भएको छ । ‘कुवेतमा कोरोनाको संक्रमणले राष्ट्रिय दिवस पनि रद्द भएको खबर पायौं । त्यसैले भिसा आएर पनि त्यहाँ नजाने निधो गरेका हौं,’ प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले भने, ‘हामी खाडीका अरू देश गएर घरेलु कामदारको अवस्था अध्ययन गर्छौं ।’बहराइनमा पनि कोरोना भाइरसको संक्रमण देखिएपछि मंगलबारदेखि त्यहाँका सबै सार्वजनिक र निजी स्कुल बन्द भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । बहराइनमा संक्रमितको संख्या २३ पुगेको छ । त्यहाँ ५० हजारभन्दा बढी नेपाली कार्यरत छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप
  • अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा
  • प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह
  • मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    चितवनको खैरहनीमा बस र इभी कार ठोक्किदा एकको मृत्यु

    आज शुक्रबारको राशिफल

    मधेशमा जनमतका कुशवाहा र यादव मन्त्री बन्दै

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    आज सनिवारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रातोमाटे ट्राफिक प्रहरीको दादागिरी: अनुमती पत्र हुँदाहुँदै चिट काटिएको आरोप

    News

    अभिनेत्री तमन्ना भाटियाका कारण कर्नाटक सरकार बिबादमा

    News

    प्रधानमन्त्री ओलीलाई मानसिक अस्पतालमा जचाउन प्रचण्डको सल्लाह

    News

    मौसम अपडेटः आज देशभरि चट्याँग (ठन्का) र बर्षाको सम्भावना

    News

    आज सनिवारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑