आज:
  • होमपेज / Breaking News

    कोरोनाभाइरस: ‘विश्वव्यापी महामारीसँग जुझ्न तयार रहनुपर्छ’

  • वीरगंज संजाल
  • १३ फाल्गुन २०७६, मंगलवार ०६:२३
  • ४४१७

    सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।कोरोनाभाइरसको प्रकोपलाई अहिले नै ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भन्न सकिने अवस्था नरहे पनि राष्ट्रहरू “तयारीको रणमा” रहनुपर्ने विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले जनाएको हो।स्वासप्रस्वासको समस्या उत्पन्न गराउने कोभिड-१९को प्रकोप दक्षिण कोरिया, इटली र इरानजस्ता देशहरूमा फैलिने क्रम जारी छ जसले चिन्ता बढाएको छ।

    सोमवार मात्रै इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा कोरोनाभाइरसको पहिलो सङ्क्रमण फेला परेको बताइएको छ।ती सबै देशमा सङ्क्रमण भएका पाइएकाहरू इरानबाट आएको बताइएको छ।बहराइनका अधिकारीहरूका अनुसार सङ्क्रमित व्यक्ति विद्यालयका बस चालक हुन्।

    विश्व स्वास्थ्य सङ्गठनको भनाइ

    डब्लूएचओका प्रमुखले सोमवार सञ्चारकर्मीहरूसँग कुराकानीका क्रममा इरान, इटली र दक्षिण कोरियामा देखा परेको कोरोनाभाइरसका नयाँ घटना “निकै चिन्ताजनक” रहेको बताएका छन्।उनले भने: “के यो भाइरस महामारीका रूपमा फैलन सक्ने सम्भावना छ? पक्कै पनि छ। तर के हामी त्यहाँ पुगि सक्यौ? हाम्रो मूल्याङ्कनले भन्छ हालसम्म त्यस्तो भएको देखा परेको छैन।”विश्वका विभिन्न भागहरूमा कुनै सङ्क्रामक रोगले एकै पटक खतरा उत्पन्न गरायो भने त्यसलाई ‘प्यान्डेमिक’ वा विश्वव्यापी महामारी भनिन्छ।

    हालसम्म करिब ३० राष्ट्रमा उक्त भाइरसको सङ्क्रमण भएका १,२०० भन्दा बढी घटना पुष्टि भइसकेको छ भने २० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।इटलीमा सोमवार तीन जनाको मृत्यु भएको छ।यो सँगै त्यहाँ कोरोनाभाइरसका कारण ज्यान जानेको सङ्ख्या छ पुगेको छ।चीनबाट सुरु भएको भाइरसका कारण त्यहाँ हालसम्म करिब २६०० जनाले ज्यान गुमाएका छन्।त्यस्तै चीनमा करिब ७७,००० मा उक्त भाइरसको सङ्क्रमण रहेको बताइएको छ।

    प्रभाव

    भाइरसले पार्न सक्ने आर्थिक प्रभावको चिन्ताबीच विश्वव्यापी शेयर बजारमा तीव्र गिरावट देखिएको छ।उक्त भाइरससँग जुझ्ने पहल जारी राखेको चीनले त्यसलाई कायम राख्न प्रत्येक वर्ष मार्च महिनामा हुने न्याशनल पिपल्स कङ्ग्रेस सार्ने बताएको छ।चिनियाँ कम्युनिस्ट पार्टीका निर्णय पारित गर्ने उक्त बैठक सन् १९७८ यता प्रत्येक वर्ष हुँदै आएको छ।कोभिड-१९ बाट सङ्क्रमितहरू मध्ये मृत्यु हुनेको सङ्ख्या १ देखि २ प्रतिशत रहेको बताइए पनि डब्लूएचओले मृत्यु दर हालसम्म थाहा भई नसकेको बताएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑