आज:
  • होमपेज / जीवनशैली

    जनकपुर अस्पताल : मेसु र विकास समितिका लागि रजाई गर्ने थलो

  • वीरगंज संजाल
  • २४ माघ २०७६, शुक्रबार २३:१६
  • ८३२५

    जनकपुरधाम : प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पताल विभिन्न कारणले समय समयमा चर्चामा रहँदै आएको छ ।

    यसै बिच यस क्षेत्रकै स्वास्थ्य सेवालाई धान्दै आएको प्रादेशिक अस्पतालमा विभिन्न परिवर्तनहरु आएका छन् ।

    अस्पतालको भौतिक संरचनादेखि लिएर अस्पतालमा फालाफाल चिकित्सकहरुको दरबन्दी गरिएको छ । यद्यपि बिरामीहरुको सेवा सुविधामा भने कुनै किसिमको परिवर्तनको अनुभूति अहिलेसम्म हुन सकेको छैन ।

    अस्पतालमा बिरामीहरुले सेवा सुविधा उत्कृष्ट पाओस् वा नपाओस् यस अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट, अस्पताल विकास समितिका पदाधिकारीहरुले भने पूरै अस्पताललाई नै भ्रष्टाचार गर्ने थलोको रुपमा प्रयोग गर्दै आईरहेको पाइएको छ ।

    अस्पताललाई भ्रष्टाचारमा चुर्लम्म डुबाएर चर्चित बनेका पुर्व मेसु डा.रामपरिक्षण यादवले अवकास पाएपछि नयाँ मेसुको रुपमा आएका डाक्टर नागेन्द्र यादवले समेत जनकपुर प्रादेशिक अस्पतालमा आफू खुशी रजाई गर्दै आएको खुल्नमा आएको छ ।

    सामाजिक विकास मन्त्रालय, मेडिकल सुपरीटेण्डेट यादव र अस्पताल विकास समितिका अध्यक्ष संजय सिंह मिलेर आफ्नो पावरको दुरुपयोग गर्दै ६५ जना कर्मचारीलाई डोर हाजरी (दैनिक ज्यालादारी) मा नियुक्त गरेका छन् ।

    अस्पताल विकास समितिका अध्यक्ष सिंह राजपा धनुषाको अध्यक्ष मण्डलका सदस्य भएकोले राजपा निकट तथा मेसु निकटका व्यक्तिहरुलाई डोर हाजिरीमा राखिएको जनकपुरधामवासीको आरोप रहेको छ ।

    ६५ जना कर्मचारी आसेपासे
    डोर हाजिरी अर्थात दैनिक ज्यालादारीमा ११ जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स, १६ जना अनमि, १ जना खरिदार, १५ जना कार्यालय सहायक, १९ जना स्वीपर गरी कुल ६५ जनालाई राखिएको छ । विकास समिति मार्फत अस्पतालमा १ सय ७५ जनाको दरबन्दी मात्रै रहेपनि कुल २ सय १५ जनालाई राखिएको अस्पतालकै तथ्यांकले देखाएको छ ।

    सहि छाप गरेर पैसा थुत्दै आएको भनि आरोप लागेका डोर हाजिरीमा नियुक्त भएका मेडिकल अधिकृतले ४० हजार ३ सय ८०,स्टाफ नर्सले २८ हजार २ सय, अनमिले २६ हजार ६ सय १० रुपैयाँ प्रतिव्यक्ति तलवको रुपमा काम नै नगरि उठाउँदै आएका छन् । उनीहरुले विना काम गरि सहि छापको सहारामा अस्पतालबाट तलब बुझ्दै आएका छन् ।

    आवश्यक दरबन्दीको पूर्ती सरकारी स्तरबाट हुन सकेन
    जनकपुरधामको प्रादेशिक अस्पताल यस भेगको जेठोे अस्पताल मध्येको एक हो । गुणस्तरीय सेवा प्रवाह गर्ने नाममा यो अस्पताल तल्लो स्तरमा पर्छ । प्रादेशिक अस्पताल बनिसके पनि व्यापक बेथिति देखिएको छ ।

    स्वास्थ्य मन्त्रालयले अस्पतालमा कुल १ सय ४० दरबन्दी रहेको छ । तर ८६ कर्मचारीको मात्रै दरबन्दीको पूर्ती भएको छ । अहिले पनि प्रादेशिक अस्पतालमा ५४ चिकित्सकको अभाव छ ।

    चिकित्सक अभावमा सामान्य बाहेक गम्भीर प्रकृतिका उपचार हुन नसकेपछि बिमारीहरुलाई बाहिर पठाउने क्रम बढ्न थालेपछि यस अस्पताललाई रेफर अस्पताल भन्न थालिएको हो ।

    दुई गाडीमा लाखौंको इन्धन खर्च
    जनकपुरधामको प्रदोशिक अस्पतालसंग कुल ४ वटा गाडी रहेको छ । जसमध्ये दुई गाडी सुचारु अवस्थामा रहेको छ भने दुई गाडी बिग्रेर त्यतीकै थन्केको छ ।

    सुचारु अवस्थामा रहेको बा २ झ २७९२ नम्बरको गाडी मेसु यादवले प्रयोग गर्दै आईरहेका छन् भने ना १ झ १५९६ नम्बरको एक मात्र एम्बुलेन्स अस्पताल आउने जाने बिरामीहरुलाई धानीरहेको छ । अस्पतालमा एक एम्बुलेन्स र एक मेसुले चढ्ने गाडीको इन्धनमा यस आर्थिक बर्षको ६ महिनामा मात्रै १० लाख भन्दा बढि रुपैयाँ खर्च गरिएको देखिएको छ ।

    यसबाहेक मेसुका आसेपासेका केहि कर्मचारीहरुले समेत मासिक इन्धन अस्पतालबाट लिदैं आएको देखिएको छ ।

    आवश्यक्ताभन्दा बढी स्वीपर, अस्पतालको दुरावस्था कायमै
    प्रादेशिक अस्पताल जनकपुरधामले नयाँ सुविधा सम्पन्न भवन केही वर्ष अगाडी पायो । सबैले सोचेका थिए अस्पतालको नयाँ भवन निर्माण भएपछि यहाँ पहिलेको जस्तो फोहोर हुँदैन, नाक थुनेर जानु पर्दैन तर सो अवस्थामा केही परिवर्तन नआएको जनकपुरधाम ४ का अमित चौधरीले आरोप लगाए ।

    अस्पताल विकास समितिको तर्फबाट २६ जनालाई दरबन्दी हुने देखिएको छ । तर अस्पताल विकास समितिले थप १९ गरी कुल ४५ जना स्वीपर राखेको देखिएको छ । अस्पतालमा त्यती ठूलो संख्यामा स्वीपर राखिएको भए पनि यहाँको सरसफाई समय समयमा हुँदैन एक बिरामीका कुरुवाले बताए ।

    उनले भने ‘दिनभरीमा एक पटक सरसफाई हुन्छ त्यसपछि फेरी अस्पताल दुर्गन्धित नै हुन्छ, जताततै पान गुटखा थुखिएको हुन्छ, यतिका स्वीपर राख्नुको के अर्थ ।’ हुनत केही संघ संस्थाहरुले समेत अस्पतालाई सरसफाई गर्ने अभियान चलाएका थिए तर त्यो अभियान पनि अहिले बन्द रहेको छ ।

    ड्युटी समयमा ओपिडीका डाक्टरहरु क्लिनीकमा
    अस्पतालमा आउने विरामीहरुका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न विभागका चिकित्सकहरु डा.कुलदिप पण्डित,डा.रामेश्वर महासेठ,डा.रामदेव चौधरी,डा.संजीत कुमार झा,डा।रामज्ञान यादव र डा.रमेश कुमार यादवलाई खटाईएपनि उनीहरु १२ बजेपछि अस्पतालमा विरामी जाँच्न छोडेर खाना खाने नाममा एकैपटक आ आफनो निजी क्लिनीकमा धाउने गरेको देखिएको छ ।

    दिउँसो डेढ बजे हामी अस्पतालको ओपिडी विभागमा पुग्दा त्यहाँ विरामीहरु लाम लागेको देखिएपनि चिकित्सकहरु अनुपस्थित थिए । यस सम्बन्धमा चिकित्सकहरु विरामी जाँच्न छाडेर कहाँ गए भनेर कार्यालय सहयोगीलाई सोध्दा चिकित्सकहरुको खाना खाने समय रहेकोले उनीहरु खाना खान गएको प्रतिक्रिया दिए ।

    यता विरामीहरुले आफुहरु डेढ घण्टासम्म कुरेर बस्दापनि जाँच नगरिएको र चिकित्सकहरु अस्पतालमा रहेका विरामीहरुलाई कुनै वास्ता नै नगरि आफनो नीजि क्लिनीक तर्फ गएको दुःखेसो सुनाएका थिए ।

    जेनतेन आइसीयू सञ्चालन
    ६ वर्ष पूर्व यस अस्पतालमा निर्माण गरिएको आइसीयू सेवा जेनतेज सञ्चालन गरिएको छ । सेवा सञ्चालन गर्न चौतर्फि दबाब बढ्दै गएपछि अस्पतालले विशेषज्ञ अभावमा जेनतेन सेवा सञ्चालनमा ल्याएको हो ।

    अस्पताल परिसरभित्रै रहेको आइसीयूले आवश्यकताअनुसारको सेवा दिन नसकेपछि उपचारका लागि बिरामी जनकपुर बाहिर जान बाध्य हुँदै आएका छन् ।

    धनुषाको नौवाखोर परसाही बस्ने असर्फी मिश्र सिकिस्त विरामी भएपछि परिवारका सदस्यहरुले जनकपुर अञ्चल अस्पताल लगेका थिए । डाक्टरले जाँच गरिसकेपछि मिश्रलाई आइसीयूमा भर्ना गर्न सल्लाह दिए ।

    डाक्टरकै सल्लाहअनुसार तीन हजार शुल्क बुझाएर आफन्तले मिश्रलाई आइसीयूमा भर्ना पनि गराए । तर, भर्ना भएको केहिबेरमै आइसीयूमा एनेस्थेसियन नरहेकोले तत्काल बाहिर लान डाक्टरले भनेको मिश्रका आफन्त जीवु मिश्रले बताए ।

    २०७० असोज ६ गते बसेको अस्पताल विकास समितिको बैठकले आइसीयू सञ्चालन गर्न २३ जना कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑