माइक्रो र यात्रुबस आपसमा ठोक्किँदा ४ का ज्यान गयाे, ६ जना घाइते
वीरगंज संजाल
१९ माघ २०७६, आईतवार १२:०८
६०७५
सुनसरी | सुनसरीमा माइक्रो र यात्रुबस एक-आपसमा ठोक्किँदा चारजनाको मृत्यु भएको छ भने ६ जना यात्रु घाइते भएका छन् । सुनसरीको तितृबनामा आज बिहान हुस्सु लागेको बेला माइक्रो र बस ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय सुनसरी इनरुवाले जनाएको छ ।
इटहरीबाट इनरुवातर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस गाडी र इनरुवाबाट इटहरी तर्फ आउँदै गरेको ना ६ ख ७९५ नम्बरको बस ठोक्किएका थिए ।
घटनामा माइक्रोबसका चालक दिपक खडका, झापा भद्रपुरका ७५ वर्षीय हेमराज र उनी श्रीमती ६५ वर्षीया डोलमाया कोइरालाको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङ घर भएका चालक खड्कासहित कोइराला दम्पतीकाे घटनास्थलमै ज्यान गएको हो भने । घाइते गरिमा गौतमको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बसमा सवार ३ जना सहित १४ जना घाइते भएका छन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
होमबहादुर कार्की, टंकप्रसाद काफ्ले र सावित्री राईको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एपेक्स हस्पिटल इटहरी र गोल्डेन हस्पिटल बिराटनगरमा उपचार भैरहेको छ ।news24