सर्पबाट मानिसमा कोरोना भाइरस सरेको प्रमाण भेटियो र भाइरस बिस्तारै विश्वभरि देखीदै
वीरगंज संजाल
१६ माघ २०७६, बिहीबार २३:२८
६०५३
बिस्तारै विश्वभरि देखीदै गइरहेको छ। वैज्ञानिकहरु छिटो भन्दा छिटो, यसको उपचार खोज्दैछन्। यस अज्ञात भाइरसको बारेमा दिन दिनै नयाँ तथ्यहरु अगाडी आउदै छ। हालै, चीनको राजधानी बेइजिङका शोधकर्ताहरुले कोरोना भाइरसको बारेमा नयाँ खोज पत्ता लगाएका छन्। यस अनुसन्धानबाट, ‘कोरोना भाइरस सर्पबाट मानवमा सरेको’ भन्ने तथ्यांक निकालेको छ। ठोस् उपचारका लागि भाइरसको उत्पत्तिसँग सम्बन्धित जानकारी पनि निकै महत्त्वपूर्ण हुन्छ। कोरोना भाइरस र सर्पको सम्बन्ध, एक अध्ययन ‘जर्नल अफ मेडिकल भाइरोलोजी’ मा प्रकाशित भएको छ। विश्वास गरिन्छ कि, यो भाइरस सर्पबाट पानीमा बस्ने ती जनावरहरूमा सरेको थियो, जसलाई हामी समुद्री खानाको रूपमा प्रयोग गर्दछौं। पहिलो पटक, दिसंबर २०१९ मा चीनको वुहान शहरमा यस भाइरस देखा परेको थियो। र अहिले, यो भाइरस बिस्तारै चीनको अन्य शहरहरु सहित अन्य देशहरुमा पनि फैलिदै गरेको छ।
सी(फूड र मानवबाट मानवमा सर्ने यस भाइरसले, धेरै व्यक्तिलाई संक्रमणमा पारेको छ। अहिलेसम्म, यस भाइरसको कुनै ठोस् उपचार भने पत्ता लागेको छैन। त्यसैले अहिलेको लागि भने सचेत रहनु नै सबै भन्दा ठुलो उपचार हो।
अनुसन्धानमा थाहा भएका कुरा वैज्ञानिकहरुले मानिसमा देखा पर्नुभन्दा अघि, कोरोना भाइरस सर्पमा भएको, धेरै प्रमाणहरु फेला पारेका छन्। यसको मतलब, यो भाइरस सर्पबाट मानिसमा आएको हो। वैज्ञानिकहरुले विश्वास गर्छन् कि, मानवमा फैलिने भाइरस, ‘भाइरल प्रोटिन’को साथ पुनः संयोजक मार्फत बनेको हुन्छ। यो भाइरल प्रोटीनले भाइरसलाई शरीरको प्रोटीन कोषहरुमा पठाउने गर्दछ, जुन यसका लागि ‘रिसेप्टर’को रूपमा काम गर्दछ र जसबाट व्यक्ति संक्रमित हुने गर्दछ।