• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय युवतीले चमेरोको झोल खाइन्, त्यसैले भाइरस संसारभर फैलियो ?

  • वीरगंज संजाल
  • १५ माघ २०७६, बुधबार १५:२१
  • ८७४१

    नेपाल । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइरस अमेरिका, अष्ट्रेलिया, दक्षिण कोरिया, भारत लगायतका देश हुँदै नेपालसम्म पुगेको पुष्टि भएको छ। भारतको मुम्बईमा २ जनामा उक्त संदिग्ध सङ्क्रमण फेला परेको भारतीय मिडियाले जनाएका छन्। उनीहरुबारे थप अनुसन्धान भइरहेको छ। नेपालमा पनि चीनको वुहान प्रान्तबाट फर्केका एक विरामी विद्यार्थीमा संक्रमण फेला परेको हो। हालसम्म चीनमा उक्त घातक भाइरसका कारण ८० जनाको मृत्यु भइसकेको छ।

    २७ सय मानिस सङ्क्रमित छन्। कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढेपछि चीनले ख्हबेई प्रान्तका नगरहरूमा यात्रामा प्रतिबन्ध लगाएको छ। करिब दुई करोड मानिसलाई यात्रा नगर्न निर्देशन दिइएको छ। यसैबीच, सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ। जसमा युवतीले चमेरो खाएपछि उनी मार्फत कोरोना भाइरस फैलिएको दाबी गरिएको छ। डेलिमेलको एक रिपोर्टमा युवतीले चमेरोको झोल पिउँदै गरेको देखिन्छ।

    चमेरो खाएपछि युवतीमा कोरोना भाइरस विकास भएको र पछि मान्छेमा फैलिएको आशंका गरिएको छ। यस्तै, अन्य दुई भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बनेका छन् जसमा चिनियाँले जिउँदै जिवहरुलाई ठूलो कचौरामा राखेर खाँदै गरेको देखिन्छ। चमेरो, मुसाबाट नै भाइरस पैदा भएको भन्ने कुराको पुस्टी भने भएको छैन। चिनियाँ स्वास्थ्य अधिकारीहरूले अझै पनि भाइरस कहाँबाट आयो भन्ने कुरा खोजीरहेका छन्।

    अधिकारीहरुले वुहानको समुद्री क्षेत्रबाट भाइरस आएको विश्वास गरेका छन्। जहाँ गैरकानुनी रुपमा वन्यजन्तुको किनबेच हुने गरेकोे छ। एक चिनियाँ वैज्ञानिकले कोरोना भाइरस सर्प र जंगली बिरालोबाट मानिसहरूमा फैलिएको बताए। यो भाइरसको केन्द्रविन्दु रहेको चीनको वुहानमा मानिसहरुले सर्प, चमेरो, भ्यागुता,मार्मोट्स, खरायो लगायतका जिवजन्तु खाने गरेका छन।

    चिनियाँ वैज्ञानिकहरुका अनुसार चिनियाँ कोब्रा सर्प पनि कोरोना भाइरसको स्रोत हुनसक्छ। चीनमा सङ्क्रमण बढ्दै गएपछि ज्यान जानेको सङ्ख्या अझै बढ्ने भय व्यक्त भइरहेका छन्। भाइरस के हो ? चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमण कोरोना भाइरसका कारण भइरहेका छन्। यसक्रममा देखिएका धेरैमध्ये छ वटाले मात्र मानिसहरूलाई सङ्क्रमित तुल्याइरहेका छन्। अहिले देखिएको नयाँ थपिँदा ती भाइरसको सङ्ख्या सात पुग्न जान्छ। सन् २००२ मा सार्स भन्ने भाइरसको महामारीले झन्डै आठ हजार एक सय जनालाई सङ्क्रमित तुल्याएको थियो। ती मध्ये सात सय ७४ जनाको ज्यान गयो। वेलकम ट्रस्ट नामक संस्थाकी डक्टर रोजी गोल्डिङको भनाइमा ‘सार्सको बलियो स्मृति अझै बाँकी नै छ र अहिले देखिएको त्रास त्यसैको एक प्रभाव हुन सक्छ।’

    तर अहिले चिकित्सकहरू यस्ता सङ्क्रमणसँग जुध्न धेरै नै तम्तयार भइसको उनले बताइन्। लक्षणहरू कस्ता हुन्छन् ? कोरोना भाइरसको सङ्क्रमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ। केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ। तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताउँछन्। एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसका अनुसार अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिन्छन् र त्यो चाहिँ चिन्ताको विषय हो। तर यो सङ्क्रमण सार्सको सङ्क्रमण जति गम्भीर प्रकृतिको नहुने उनको भनाइ छ।

    यो कहाँबाट आयो ? नयाँ भाइरसहरू जुन बेला पनि देखिइरहन्छन्। उनीहरू एउटा प्रजातिबाट फरक बन्दै मानव शरीरमा प्रवेश गर्छन्। नटिङ्घम विश्वविद्यालयका भाइरसविद् प्रोफेसर जोनाथन बलको भनाइमा ‘अहिले देखिएको भाइरस यदि कोरोना भइरस हो भने त्यो कुनै जनावरको खोरबाट आएको हुनु पर्छ।’ सार्स भाइरस वनमा पाइने सानो बिरालोबाट मानवमा प्रवेश गरेको थियो। सन् २०१२ तिर मध्यपूर्वमा देखिएको मेर्स सार्ने भाइरस चाहिँ उँटबाट मानिसमा सरेको थियो। त्यसले सङ्क्रमित झन्डै तीन हजार मध्ये आठ सय ५८ जनाको ज्यान लिएको थियो। कुन जनावर ? विज्ञहरू भन्छन् एक पटक जनावरको खोर र तिनलाई राखिने स्थानको खोजी गरियो भने समस्याको जरो थाहा पाउन सजिलो हुन्छ।

    कोरोना भाइरस वुहान शहरको समुद्री माछा होलसेल बाट आएको हुनसक्ने पनि अनुमान गरिएको छ। कसरी सर्छ ? चिनियाँ स्वास्थ्यविद् भन्छन्- ‘यो भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्छ।’ कोरोनाभाइरसको यो नयाँ सङ्क्रमणका कारण मानिसमा श्वासप्रश्वाससम्बन्धी समस्या देखा पर्छ। कसरी बच्न सकिन्छ ? यो भाइरस संक्रमण कसरी हुन्छ भन्ने कुरामै अनुसन्धान जारी रहेकाले कसरी बच्न सकिन्छ भन्नेबारे विज्ञहरुनै अन्यौलमा छन् ।

    तरपनि, विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन भिडभाडयुक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किदा मास्क लगाउन सुझाव दिएका छन्। यसो गरेमा संक्रमणको सम्भावना कम रहने चिकित्सकको सुझाव छ।​ यो पनी पढ्नुहोस् कोरोना भाइरस उपचार व्यवस्थित गर्न चीनले नयाँ अस्पताल निर्माण गर्दै

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    नारायणी अस्पतालमा बिरामीको शरीरमै ब्लेड छोडिँदा चरम लापरबाही उजागर

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    News

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑