मलेसियामा सोनाम ल्होछार तथा सस्क्रीतिक कार्यक्रम अन्तर्राष्ट्रिय कलाकार हरू बाट सम्पन्न
वीरगंज संजाल
१२ माघ २०७६, आईतवार १८:०७
५३५१
मलेसियामा । संसार भरी छरिएर हरेका तमाङ हरुलाई एकाबद्व गराउने भाशा धर्म सस्क्रीती जगेर्ना गर्ने उदेश्यले नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा भएको सोनाम ल्होछार बृहत सास्क्रीतिक कार्यक्रम क्वालालम्पुरमा सम्पन्न भएको छ।
नेपाली राजदुतावास मलेसिया का सहायक राजदूत मोतिराम श्रीस मगर को प्रमुख आतिथ्यता तथा अन्तर्राष्ट्रिय तामाङ परिषदका केन्द्रिय सचिव रबिन लामा थिङ को विशेष अतिथ्यतमा सम्पन्न कार्यक्रममा दीप प्रज्वलन तथा नेपाली रास्ट्रीयगान बजाएर कार्यक्रमको सुरुवात भएको थियो भने तामाङ घेदुङ मलेसियाका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र वाइबा , अन्तर्राष्ट्रिय तामाङ परिसदका सचीव कार्यक्रम संयोजक तथा नेपाल तामाङ कलकार संघ मलेसियाका अध्यक्ष फुर्वा देर्जे मोक्तान लगायत ले स्वागत मन्तव्य राखेका थिए।
नेपाल तामाङ घेदुङ मलेसिया र नेपाल तामाङ कलकार संघ मलेसियाको संयुक्त आयोजनामा भएको २८५६ औ जिवाल्हो सोनाम ल्होछार संस्कृतिक कार्यक्रममा नेपालबाट आएका गायक फुल कुमार बोम्जन, अहिलेका बहुचर्चित मोडल निरन्जली लामा, म्हेन्दोमाया गायक आरम्भ थोकर तामाङ, सेलो गायिका सृजना स्याङतान र सेलो गायिका बिमला थिङ साथी स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो।
कार्यक्रम मलेसियाको राजाधानी क्वालालम्पुर स्थित होटेल एरिना स्टारमा भएको थियो । कार्यक्रम लाई अमीर लोप्चन ले संचालन गरेका थिए। सेहि कार्यक्रममा थप रमाइलोको लागि भाग्यसाली उपहार को समेतको ब्यबस्था गरिएको थियो प्रथम पुरस्कार 32 ईन्चको स्मार्ट टिभि, दितिय पुरस्कर ,samsung galaxy mobile त्रीतिय पुरस्कार साउण्ड सिस्टम,चतुर्थ ,पाचौ र छैटौं भाग्यसाली बिजेतालाई घडी इपहारको ब्यबस्था गरिएको थियो उक्त भाग्यसाली उपहार क्रमश प्रथम पुरस्कार सुनिता राई,दितिय पुरस्कार नवीन धमला,त्रीतिय पुरस्कार भिम बहादुर बि.क ,चौथो पुरस्कार बबिता मोक्तान ,पाँचौ च्याङ्बा तामाङ र छैठौं पुरस्कार राज कुमार तामाङले हात पार्नुभएको छ।