• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    विज्ञानलाईनै चुनाैती ‘कोरोना भाइरस’ : चीनमा २५ काे ज्यान गयाे, नेपालमा बढ्याे सतर्कता

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ११:४८
  • ५९५३

    काठमाडाैँ । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन् ।
    कोरोना भाइरसको सङ्क्रमण फैलिने चिन्ता बढ्दै गर्दा चीनको हुबेइ प्रान्तका नगरहरूमा र विशेषगरी यस भाइरसकाे उद्गम थलाे वुहान नगरमा यात्रामाथि प्रतिबन्ध लगाइएकाे छ र अझै कडा बनाइएकाे छ । करिब दुई करोड मानिसलाई बाहिर यात्रा नगर्न निर्देशन दिइएको छ । त्यहाँ बाह्य यातायातका साधन बन्द गरिएकाे छ ।

    फोक्सोको गम्भीर प्रकारको रोग निम्त्याएको यो भाइरस सङ्क्रमण विश्वका अन्य देशहरूमा पनि फैलिइसकेको छ । चिनियाँ अधिकारीहरूका अनुसार पछिल्ला सङ्क्रमणहरू यही कोरोना भाइरसका कारण भइरहेका छन् । सन् २००२ मा सार्स भन्ने यस्तै नयाँ प्रकृतिकाे भाइरसको महामारीले चीनमा झन्डै आठ हजार एक सय जनाको मृत्यु भएको थियो ।

    केहो कोरोना भाइरस ?

    अन्य प्राणीबाट मानिसमा सरेको बताइने यो भाइरस एक तीव्र सङ्क्रामक रोग हो । विज्ञानले नै पूरा पहिचान गरिनसकेकाे याे नयाँ प्रकारकाे भाइरस सुरुमा सर्पबाट मानिसमा सरेको बताइन्छ ।

    मानिसबाट मानिसमा स्वासप्रस्वासका माध्यमले सजिलै सर्ने यस भाइरसको संक्रमण भएपछि ज्वरो आउँछ । अनि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । संक्रमण गम्भीर भएमा निमोनिया पनि हुन्छ । साथै सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोम हुने तथा मिर्गौलाले काम गर्न छोड्नेसम्म हुन्छ । अनि मानिस मृत्युकाे मुखमा पुग्न बाध्य हुन्छ ।

    तर यस भाइरसको चरित्र एकैखालको नभएको विज्ञहरू बताउँछन् । कतिपय अवस्थामा माथिका लक्षण नदेखिएको बिरामीमा पनि यो भाइरस भेटिने गरेको बताइन्छ ।

    बिबिसीका अनुसार एडिनबरा विश्वविद्यालयका प्राध्यक मार्क वुलहाउसले अहिले देखिएका बिरामीमा रुघाखोकीको जस्तै लक्षण देखिने र त्यो चाहिँ चिन्ताको विषय भएको बताएका छन् । सङ्क्रमण भएका बिरामीको तुरुन्तै मृत्यु हुँदैन । केही समयपछि मात्रै यो प्राणघातक बन्छ ।

    मध्य चीनको वुहान शहरमा गत डिसेम्बरमा पहिलोपटक याे भाइसकाे प्रकाेप देखा परेको थियाे । त्यहाँका मानिहरूमा यसकाे तीव्र संक्रमणा देखिइसकेकाे छ ।

    विज्ञहरूले कोरोना भाइरस सङ्क्रमणबाट जोगिन भिडभाड युक्त स्थानमा नजान, साबुनले हात धोइराख्न र बाहिर निस्किँदा मास्क लगाउन सुझाव दिएका छन् । साथै मासु र अण्डा खाँदा राम्ररी पकाउने, जनावरकाे सम्पर्क कम गर्ने सुझाव पनि दिइएकाे छ । ज्वरो र रुघाखोकी लागेमा सावधान रहन र चिकित्सकको परामर्श लिनुपर्ने उनीहरूको सुझाव छ ।

    नेपालमा सतर्कता

    कोरोना भाइसको हालसम्म उपचार पत्ता लागेको छैन । विज्ञानलाई नै चुनाैती बनेकाे यो भाइरसले चीनमा मात्रै नभई आसपासका अन्य देशमा पनि त्रास फैलिएको छ । अन्य देशहरूमा पनि यसको संक्रमण फैलिइसकेकाले सीमा जोडिएको नेपालले पनि सतर्कता अपनाउन जरुरी देखिएको छ ।

    नेपाल भ्रमण वर्ष चलिरहँला चिनियाँ पर्यटक तथा चीन हुँदै आउने अन्य पर्यटकबाट समेत यो रोग नेपालमा सजिलै भित्रिन सक्ने सम्भावना रहन्छ ।

    नेपालमा चीनको वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएको बताइएको छ । नेपालमा यसको परीक्षण गर्ने उपकरण समेत नभउकाले ती व्यक्तिको नमुना परीक्षणका लागि हङकङ पठाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाको भनाइ छ ।

    विश्व स्वास्थ्य सङ्गठनले समेत यस भाइरसप्रति चिन्ता जाहेर गरेको छ । यसको सङ्क्रमण चीनको लागि सङ्कटकाल भए पनि त्यो बाँकी विश्वका लागि त्यस्तो नभइसकेको तर सतर्कता भने अपनाउनुपर्ने उसको भनाइ छ ।

    नेपालमा पनि चीनबाट आउने व्यक्तिमाथि निगरानी बढाइएको महाशाखाले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सतर्कता तथा निगरानी बढाउन सक्रिय बनाइएको छ । कुनै यात्रुमा रुघाखोकीलगायत श्वासप्रश्वासको शंकास्पद समस्या देखिएमा तुरून्तै स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको समेत महाशाखाकाे दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑