• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    जयनगर-जनकपुर रेलका लागि २६ जना भारतीय प्राविधिक ल्याइने, मन्त्रिपरिषद्ले दियो स्वीकृति

  • वीरगंज संजाल
  • १० माघ २०७६, शुक्रबार ११:४५
  • ५८४५

    काठमाडौं |  सरकारले निर्माणाधीन जयनगर-जनकपुर रेल सेवा सञ्चालनका लागि २६ जना विदेशी प्राविधिक कर्मचारी ल्याउन स्वीकृति दिएको छ।

    मन्त्रीपरिषदको निर्णय सुनाउदै बिहीबार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले यस्तो जनाएका हुन्। रेल सेवा सञ्चालनका लागि आवश्यक दक्ष श्रमिक नेपालबाट आपूर्ति हुन नसकेमा श्रम ऐन-२०७४ को दफा २२ बमोजिम २६ जनासम्म ल्याउन सकिने भन्दै विदेशी श्रमिक नियुक्ती गर्न नेपाल रेलवे कम्पनीलाई सैद्धान्तिक स्वीकृति दिएको उनले जानकारी दिए।

    रेल विभाग तत्कालका लागि भारतबाट दक्ष प्राविधिक ल्याउने तयारीमा छ। नेपाली प्राविधिक सक्षम भएपछि भने उनीहरूलाई फिर्ता पठाइनेछ। नेपालमा तत्कालका लागि रेल चलाउने प्राविधिक छैनन्। त्यसैले केही समयका लागि भारतबाट प्राविधिक ल्याउन लागिएको हो। विभागलाई सरकारी स्वीकृतिले दक्ष कामदार ल्याउने प्रक्रियामा बाटो खुलेको छ।

    भारतीय पक्षले कर्मचारी उपलब्ध गराउने प्रस्ताव तीन महिनाअघि विभागमा पठाइसकेको छ भने बाँकी आवश्यक कर्मचारी नेपालमै भर्ना गरिनेछ। विभागले तत्कालै भारतबाट प्राविधिक ल्याउने र नेपालमा कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरू गर्ने तयारी छ।

    पछिल्लो संशोधित तालिकाअनुसार फागुनमा रेल सञ्चालन गर्ने योजना रहेको छ। रेल सञ्चालनका लागि एक सेट ट्रेन चेन्नइस्थित डिब्बा कारखानामा तयार भइसकेको छ। अहिले परीक्षण भइरहेको छ। एक सातामा हिड्ने र हिडेको १५ दिनमा जनकपुर आइपुग्ने विभागका अधिकारीहरुको भनाइ छ।

    त्यसैगरि रेलवे ट्रयाकमा बाढीले क्षति पुर्‍याएको खण्डमा धमाधम मर्मतको काम भइरहेको छ। यो खण्ड पनि एक सातामा तयार हुनेछ। जयनगर-जनकपुर करिब ३५ किमि खण्डमा रेल सञ्चालन गर्न लागिएको हो। आगामी फागुनमा नेपाली भूमिमा रेल सञ्चालन हुने भएको छ। Nepalpostdaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑