• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    भारतले प्रतिबन्ध लगाएपछि १ लाख मेट्रिक टन कच्चा पाम आयल निकासीमा समस्या

  • वीरगंज संजाल
  • २६ पुष २०७६, शनिबार १६:०१
  • ५१४५

    विराटनगर । भारत सरकारले प्रशोधित पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि त्यस्को असर नेपालमा देखिन थालेको छ ।

    प्रतिबन्धपछि सुनसरी मोरङ औद्योगिक कोरिडोरका घिउ तेल उद्योगहरुलाई नेपाल भित्रिन लागेको कच्चा पाम आयल र भारत पठाउन ठिक्क पारिएका तयारी पाम आयल व्यवस्थापन गर्न कठिनाई हुने भएको छ ।

    एक वर्षभित्र निकासी गरिसक्नुपर्ने गरी १० प्रतिशत भन्सार महसुलमा कच्चा पाम आयल आयात हुने गरेको छ । उद्योगी व्यवसायीहरुले १० प्रतिशत नगद धरौटी वा बैंक ग्यारेण्टी राखेर कच्चा पाम आयल आयात गर्छन् र प्रशोधित पाम आयल निर्यात गरेपछि धरौटी फिर्ता लिने गरेका छन् ।

    भारतले साफ्टा अन्तर्गत नेपालबाट पाम आयल आयातमा शून्य भन्सार सुविधा दिएपछि सुनसरी मोरङका घिउ तेल उद्योगहरुले तेश्रो मुलुकबाट कच्चा पाम आयल आयात गरी तयारी पाम आयल भारत निकासी गर्दै आएका थिए ।

    नेपालबाट प्रमुख निकासीको वस्तु बनेको पाम आयल निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि एलसी खोलिसकिएको करिब १ लाख मेट्रिक टन कच्चा पाम आयल निकासीमा समस्या थपिने उद्योगी व्यवसायीहरुले बताउन थालेका छन् ।

    विराटनगर भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले पनि बाटोमा आउदै गरेको कच्चा पाम आयल बारे सरकारले विशेष निर्णय गर्नुपर्ने बताउनु भयो ।

    सुनसरी मोरङ औद्योगिक कोरिडोरका ५ वटा घिउ तेल उद्योगहरु बाबा, पशुपति, क्वालिटी, श्रीराम र स्वस्तिकले भारत तर्फ पाम आयल र पामोलिन निकासी गर्दै आएका छन् ।

    विराटनगर भन्सार कार्यालय भएर साउन देखि मंसिर मसान्त सम्म करिब ६ अरब ४२ करोड ९२ लाख रुपैयाँ बराबरको ६२ हजार ३ सय ३० मेट्रिक टन तयारी पाम आयल भारत निकासी भएको छ । यो अवधिमा करिब ३७ करोड ७६ लाख रुपैयाँ बराबरको ५ हजार ६ सय ९० मेट्रिक टन कच्चा पाम आयल इण्डोनेशिया र मलेशियाबाट आयात भएको तथ्यांक छ ।

    भारतको वैदेशिक व्यापार निर्देशनालयले बुधवार एक सूचना जारी गरी पाम आयल र पामोलिन आयातमा प्रतिबन्ध लगाएपछि कच्चा पाम आयल आयात गरिसकेका उद्योगहरुलाई ठूलो घाटा हुने मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नविन रिजालले जानकारी दिनुभयो ।

    पाम आयलको आयात र निर्यातले भन्सार राजस्व संकलनमा भने कुनै असर पर्दैन । किनभने उद्योगी व्यापारीले नगद धरौटी वा बैंक ग्यारेण्टीमा जम्मा गरेको भन्सार महसुल तयारी पाम आयल निकासी गरेपछि फिर्ता पाउदै आएका छन् । भारतले शून्य भन्सार सुविधामा पाम आयल निकासी गर्न दिएपछि खुलेका घिउ तेल उद्योगहरुले तिर्ने कर र उपलब्ध गराएको रोजगारी भने गुम्ने भएको छ । News 24

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑