सुडानकाे सेरामिक कारखानामा सिलिन्डर विस्फोट, २३ काे मृत्यु, अधिकांश भारतीय
वीरगंज संजाल
१९ मंसिर २०७६, बिहीबार १२:२३
२७५१
सुडानको राजधानी खार्तुमको एक सेरामिक कारखानामा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु भएको छ ।घटनामा कम्तिमा १ सय ३० व्यक्ति घाइते भएका छन् ।
कारखानामा काम गर्ने श्रमिकमध्ये अधिकांश भारतीय रहेको खुल्न आएको छ ।भारतीय विदेशमन्त्री एस.जय शंकरले ट्वीट गर्दै घटनामा भारतीय केही नागरिक मारिएको खबर प्राप्त भएको उल्लेख गरेका छन् । कारखानामा ६० जना भारतीय श्रमिक कार्यरत थिए ।
घटनाको दौरान ५३ जना कारखाना तथा आवास क्षेत्रमा उपस्थित रहेको बताइएको छ ।विदेशमन्त्री जयशंकरले घाइते श्रमिकहरुको खार्तुमका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिएका छन् ।