मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । पेसा र व्यवसायबाट लाभ हुनेछ अत: धन प्राप्त हुनेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज सामाजिक सेवा गर्ने अवसरले मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा रमाइनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घर परिवारका सदस्यहरुबाट सहयोग पाईनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । परीक्षा आदि प्रतिस्पर्धामा उर्तिण हुनसकिनेछ । बैदेशिक कार्य अघि बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको योगछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्य सम्पादनमा समस्या आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भयछ सचेत रहनुहोला । साँझमा पैसा खर्च हुने योग छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) रमणीय र सुखद् यात्राको योग छ । मनमा सहयोग भाव आउला । सन्तान तथा परिवारमा मेलमिलाप हुनेछ । कुनै कुराले मनमा प्रसन्नता छाउनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।