• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    फेसबुकमा प्याजे गफ !

  • वीरगंज संजाल
  • १५ मंसिर २०७६, आईतवार ०६:४५
  • ४०२९

    फेसबुक | खेतबारीमा काम गर्न छाडेर कोर्सबुक पल्टाउन बसेको मान्छे फेसबुकमा भुल्न थालेपछि प्याजको मात्रै होइन गुन्द्रुकको पनि भाउ बढ्छ । गर्ने हात कम, खाने मुख धेरै भएपछि हुने यही हो । अर्थशास्त्रको सामान्य नियम । अल्छी तिघ्रो, स्वादे जिब्रोको परिणाम !

    खेतबारीमा पस्न अल्छी गर्ने, अनि जिब्रोले चाहिँ मिठो मिठो खोज्न थालेपछि प्याज पनि बढ्छ, ब्याज पनि बढ्छ, स्याज पनि बढ्छ । साउ पनि बढ्छ, भाउ पनि बढ्छ । धन्न अहिले दुई, तीनसय रुपैयाँ तिरेर भए पनि प्याज सुंघ्न पाइएको छ । यस्तै हुने हो भने हजार रुपैयाँ तिर्छु भन्दा पनि एउटा डल्लो प्याज नपाइने स्थिति आउँछ ।

    यति जाबो कुरा तपाईंलाई पनि थाहा छ, मलाई पनि । तर थाहा हुँदाहुँदै पनि हामी फेसबुकमा प्याजे गफ छाँटेर बसेका छौं । पहिले प्याज काट्दा आँसु आउँथ्यो, अहिले प्याज किन्दा आँसु आउँछ भन्ने पाराका गफ त डेटस्पायर नै भैसक्यो । प्याजको भाउले आकाश नै नाघ्न थालेपछि त झन् अरु नानाभाँतीका प्याजे रोइलो, गफ र उट्पट्याङ कुरा उसैगरी छ्याप्छ्याप्छी हुन थालेको छ ।

    कसैले तास खेल्दा नोटको सट्टा प्याजको बोट नै राख्न थाले । साँच्चै प्याज नै राखेर खेलेका हुन् कि त्यत्तिकै, जे भए पनि फोटो आइसक्यो । कतिले प्याजको बोरा नै अँगालो हालेर सुत्न थाले । कति त प्याजको गहना लगाएर मस्किए । कसैले प्याज किनेर बैंकमा थन्काए । फेसबुकमा देखिएका यी तस्बिरमा सत्यता कति छ भन्ने पत्तो नभए पनि भारतमा चोरले पैसा छाडेर लसुन, प्याज चोरेको चाहिँ सत्य हो ।

    केहीकेही भएकै कुरा, धेरै उट्पट्याङ गफ । जे भए पनि प्याजको भाउ बढेपछि मान्छेका दिमाग फुरेको छ । नयाँ पुस्ताका बाहुन ठिटाठिटीले त बिर्सिसकेका पुर्खालाई पनि सम्झन थालेका छन् । बाहुन ठिटाठिटीका प्याजे गफ चाहिँ यस्ता छन् :

    ‘आफू त ओर्जिनल बाउनको बुहारी परियो, लसुन प्याजको भाउ बढेको पनि फेसबुक हेरेर थाहा पाइन्छ ।’

    ‘पुर्खाले भविष्यको त राम्रै अनुमान गरेका हुन् के
    बाहुन बाठा हुन्छन् भनेको त्यसै होइन रैछ ।

    हाम्रा बाउ बाजेले किन प्याज खाँदैनथे, किल्लोर भयो होला नि ?’

    ‘बाहुनले च्याउ खाओस्, न च्याउको बात जानोस्
    बाहुनले प्याज खाओस न प्याजको भाउ जानोस्
    संसारका ब्राम्हणहरु एक हौं, पूर्खाको सपना साकार पारौं ।’

    ‘प्याजको भाउ बढोस् कि मासुको
    बाल मतलब भएन
    बस गाईले चाहिँ मुत्न छोड्नु भएन ।’

    अनि प्याज बोकेर हिँड्दा शान बढेको, घरमा झ्वाईंय प्याज फुराउँदा फूर्ति बढेको र बढी भएको प्याज बैंकमा लगेर थन्क्याएको गफ पनि ओइरिरहेको छ ।
    एउटाको घरमा आमा छोराबीच संवाद भएछ :

    छोरा : बहुमूल्य सामानहरु घरमा राख्न हुन्न, बैंकमा जम्मा गर्नुपर्छ ।
    आमा : त्यसो भए अस्ति किन्या प्याज नि बैंकमा जम्मा गराएर आइज ।

    घरभित्रको भान्सामा मात्र होइन, घर बाहिर होटल, रेष्टुराँमा पनि प्याज फुराईभन्दा प्याजे फूर्ति बढिरहेको छ । मःम र चिकेन चिल्लीका पारखी भन्छन् – प्याजको भाउ बढ्दा फाइदा भएको छ । पहिले पहिले मःम र चिकेन चिल्लीमा मासुको सट्टा प्याज बढी हाल्थे । अहिले प्याज त बन्द नै भएछ ।

    अनि उनीहरु फेरि फेसबुकमा रोइलो गर्दैछन् –भेंडे खुर्सानीको पनि भाउ बढाउनुपर्यो, चिकेन चिल्लीमा प्याजको सट्टा भेंडे खुर्सानी हाल्न थाले ।

    थाङ्ने र उट्पट्याङ गफ मात्रै होइन, प्याजले मान्छेका दिमागलाई पनि सिर्जनशील बनाएको छ । बोधो भैसकेको दिमागमा थरिथरीका सिर्जना फुर्न थालेको छ यसरी :

    ‘रूनेहरूको हैन, सधैं रूवाउनेहरूको भाउ बढ्ने रहेछ
    नपत्याए प्याजको भाउ हेर्नुस्’

    ‘डियर केटीहरु,
    प्याजको भाउ बढेझैैं भाउ नबढाउ
    बजारमा प्याज नबिकेर बसेझैं बस्नुपर्ला ।’

    ‘प्याजको भाउ त के हो र
    त्योभन्दा छिटो तिम्रो बढेछ ।’

    ‘चिन्ता छ यहाँ सिमानाको
    तिमी प्याज प्याज भन्छ्यौ…..’

    कति मान्छे चाहिँ अब सुन, चाँदी, हिराजस्तै सामान किन्दा प्याज पुरस्कार पाइन्छ कि भन्ने पर्खाईमा पनि रहेछन् ।

    यति मात्र होइन, प्याजको भाउ बढेसँगै दर्शनशास्त्री र आदर्शवादीहरु पनि बढेका छन् । खेतमा काम गर्नुपर्छ भनेर गाउँबाट शहर पसेको मान्छे अरुलाई अर्ति उपदेश दिन्छ– प्याजको भाउ बढ्यो भनेर किन रोइलो गर्नु, आफैंले खेतमा लगाए हुन्न ? सबैले आफूलाई पुग्नेगरी प्याज फलाए त भाउ बढोस् कि घटोस् बालै भएन नि ।

    अनि अर्को दर्शशास्त्री फेसबुकमै छाँट्छ – प्याजको भाउ बढ्यो भनेर किन रुवाबासी ? प्याजबिना भान्सा अड्किन्छ ? प्याज नखाए मरिन्छ ?

    त्यसो हो भने त प्याज मात्रै होइन, दाल नखाए नि भान्सा अड्किंदैन नि । बेसार, अदुवा र मरमसला र आलु नखाए पनि मरिंदैन । माड हालेको भात मात्रै खाए पनि हुन्छ नि । अनि मोटरसाइकल र कार नचढे पनि फरक पर्दैन । काठमाण्डौ पस्नुको सट्टा गाउँमै बसे पनि मरिंदैन । अझ मोबाइल र फेसबुक नै नछोए पनि बाँचिन्छ ।

    प्याज नखाए के हुन्छ भन्नेलाई यस्तै जवाफ दिए चाहिँ के हुन्छ नि ?

    जाँडरक्सी नखाने मान्छे नै भेट्न मुश्किल पर्ने बेला प्याज नखाए के हुन्छ भन्न त भएन नि । लसुन नि खानुपर्छ, प्याज नि खानुपर्छ ।

    फेसबुकमा प्याजको रोइलो गर्न छाडेर आफैले खेतबारी या कौसीमा प्याज रोपे के हुन्छ ? हुन्थ्यो नि हुन त । तर फेसबुकमा गफ छाँट्न जस्तो काम गर्न सजिलो छैन नि हजुर ! त्यस्तो सजिलो भएको भए त म पनि यहाँ प्याजे गफ छाँट्नुको सट्टा प्याजै लगाएर बस्थें नि ! तपाईं पनि फेसबुकमा प्याजे गफ पढ्न छाडेर खेतमा पस्नुहुन्थ्यो नि, होइन र ?

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै
  • विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा
  • एक महिलामाथि प्रहरीले गरे हातपात
  • माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    माधोपुरमा ८० जना महिलाको जनमत पार्टीमा प्रवेश, महिला सशक्तिकरण अभियानलाई ऊर्जा

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    एक महिलामाथि प्रहरीले गरे हातपात

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्जमा एसइई दिएका विद्यार्थीका लागि लक्षित ‘भविष्य मेला’ हुँदै

    News

    विवादका कारण तानिए बाराकि डिएसपी शुभद्रा वाइवा

    News

    एक महिलामाथि प्रहरीले गरे हातपात

    News

    माहेश्वरी समाजद्वारा वीरगन्ज सेवा समाजलाई खाद्यान्न सहयोग

    News

    वीरगंजमा निर्जला एकादशीको अवसरमा संस्कार संस्थाद्वारा ३ हजारभन्दा बढीलाई नि:शुल्क निम्बु सर्बत वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑