• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय बजारमा यसरी सफल भयो शाओमी

  • वीरगंज संजाल
  • ३ पुष २०७६, बिहीबार ०५:४९
  • ४४८९

    वीरगञ्ज | चिनियाँ प्रवधि कम्पनी शाओमी भारतमा सबैभन्दा बढी स्मार्टफोन विक्री गर्ने कम्पनी हो । पछिल्ला केही वर्षमा भारतीय स्मार्टफोन बजारमा शाओमीको हिस्सा ह्वात्तै बढेको छ ।

    शाओमीले २ साताअघि भारतमा ‘फ्ल्याश सेल’मा राखेको नयाँ मोडलको रेडमी नोट ८ अनलाइनमा १५ मिनेटभित्र बिकिसकेको थियो । यसले पनि त्यहाँ शाओमीको व्यापार कति महत्त्वपूर्ण छ भन्ने पुष्टि गर्छ ।

    प्रविधि पत्रकार माला भर्गाभा शुरूमा अनलाइनमा रजिस्टर गरेर फ्ल्याश सेलमा आँखा दौडाउने जो कोही आकर्षित हुने बताउँछिन् । शाओमीले अन्य अफलाइन स्टोरबाट पनि मोबाइल विक्री गर्दै आएको छ । तर ती सबै मोडल शुरूमा अनलाइनमा विक्री गरिन्छ । उक्त मोडलको आधाभन्दा बढी व्यापार अनलाइनबाटै हुने गर्छ ।

    अनलाइन समुदायलाई यो ब्रान्डले आफूमा यसरी तान्नु आश्चर्यजनक रहेको दूरसञ्चार प्रविधि कम्पनी कन्जर्भेन्स क्याटलिस्टका जयन्त कोला बताउँछन् । शाओमीको प्रवेश भारतमा सन् २०१५ मा भएको हो । कम्पनीले आफ्नो लगानी भौतिक संरचनामा भन्दा पनि अनलाइन व्यापार विस्तारका लागि गर्‍यो । कोलाका अनुसार शाओमीले आप्mनो वितरण खर्च थोरैमा व्यवस्थापन गर्‍यो र सस्तो स्मार्टफोन अनलाइनबाट विक्री गर्न थाल्यो । अनलाइनमा उसले गरेको उल्लेख्य लगानीले अहिले भारतको समग्र स्मार्टफोनको व्यापारमै सुधार आएको उनको ठम्याइ छ ।

    तीव्रगतिमा विस्तार भइरहेको भारतीय स्मार्टफोनको बजारमा चिनियाँ कम्पनीले अहिले आधाभन्दा बढी हिस्सा ओगटेका छन् । अहिले भारतमा स्मार्टफोन प्रयोगकर्ता ४५ करोड छन् । भारतको स्मार्टफोनको बजार पनि करीब ८ अर्ब डलर पुगिसकेको छ । शाओमीलाई भारतमा ‘गरीबको आईफोन’ पनि भनिन्छ, जसको कारण भारतीय बजारमा उसको २८ प्रतिशत हिस्सा छ । सन् २०१६ मा भारतीय बजारमा शाओमीको हिस्सा ३ प्रतिशत मात्र थियो । ‘कम्पनीले आईफोनजस्तै देखिने फोन ल्याउन शुरू गर्‍यो,’ भार्गभा भन्छिन्, ‘कम्पनीको पहिलो चरणका स्मार्टफोन एप्पलका उत्पादनसँग मिल्दोजुल्दो थिए, जस कारण कम्पनीको आलोचना पनि हुने गरेको थियो ।’

    आईफोनजस्तै देखिएको कारण मात्र भारतीय बजारमा शाओमीका स्मार्टफोन बिकेका भने होइनन् । कम्पनीले भारतीयलाई मन पर्ने किसिमको फिचर्स र हार्डवेयर पनि निर्माण गर्‍यो । त्यसले पनि ग्राहकलाई आकर्षित गर्‍यो । उदाहरणका लागि शाओमीले आफ्नो रेडमी सिरिजको फोनमा ६४ मेगापिक्सेलको क्यामेरा प्रयोग गरेको छ । त्यसको मूल्य पनि १० हजारदेखि १८ हजार भारूसम्म तोकिएको छ । मूल्यको हिसाबले पनि यो स्मार्टफोन धेरैले खरीद गर्न सक्छन् । आईफोनजस्तै देखिने तर मूल्यको हिसाबले एक तिहाइ पनि नपर्ने भएकाले धेरै ग्राहकहरू शाओमीका स्मार्टफोनमा आकर्षित भएका हुन् ।

    ‘सबै मानिस आईफोन होस् भन्ने चाहन्छन् । तर आईफोन किन्न सक्ने हैसियत नहुँदासम्म उनीहरूले त्यस्तै देखिने स्मार्टफोनमा चित्त बुझाउँछन्,’ कोला भन्छन् । उनको कम्पनीले गरेको एक अनुसन्धानले भारतीय प्रयोगकर्ताले आफ्नो आम्दानी बढेसँगै एप्पल वा सामसङको फोन चाहने गरेको गरेको देखाएको छ । भारतीय स्मार्टफोन प्रयोगकर्ता मूल्यका हिसाबले सस्तो तर राम्रो फिचर्स भएका फोन खोज्छन्, जसकारण त्यहाँको बजारमा यस्ता उत्पादनको मूल्यले बढी महत्त्व  राख्ने कोलाको बुझाइ छ ।

    फोरजी क्षमताको अभावसँगै भारतीय स्मार्टफोन निर्माता बजारबाट हराएकाले अन्य कम्पनीजस्तै शाओमीले पनि त्यहाँको बजारमा स्थान पाएको हो । काउटर प्वइन्ट रिसर्चका प्रविधि विश्लेषक नेइल शाह कुनै समय भारतीय स्मार्टफोनको बजारमा माइक्रोम्याक्सजस्ता भारतीय कम्पनीको हिस्सा सबैभन्दा बढी रहेको भए पनि भारतमा फोरजी आएपछि सन् २०१६ र २०१७ मा स्मार्टफोन बजारमा उल्लेख्य परिवर्तन आएको बताउँछन् । भारतीय स्मार्टफोन बजारमा प्रतिस्पर्धा भने बढ्दो छ । बजारमा सामसङको हिस्सा २५ प्रतिशत छ । यो हिस्सा शाओमीको तुलनामा ३ प्रतिशत अंकले कम हो । रियलमीजस्ता नयाँ चिनियाँ कम्पनी पनि भारतीय बजारमा लोकप्रिय बन्दै गएका छन् । (एजेन्सीको सहयोगमा)

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑