• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    अल्बानिया भूकम्प : मृत्यु हुनेको संख्या ४० पुग्यो, जीवित उद्धारको सम्भावना क्षीण बन्दै

  • वीरगंज संजाल
  • १३ मंसिर २०७६, शुक्रबार ०८:४०
  • ५२७९

    अल्बानियामा दुई दिन पहिले गएको भूकम्प र त्यसपछिका पराकम्पनका कारण घर तथा भवनहरू भत्किएर भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै उद्धार गर्न सकिने सम्भावना क्षीण भएको अधिकारीहरूले बताएका छन् ।

    स्थानीय समय अनुसार मङ्गलबार बिहानै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि एकभन्दा साना ठूला पराकम्पनहरू गएका छन् । अल्बानिया सरकारले बुधबार तिराना र डुरेसमा आपतकालीन स्थितिको घोषणा गरेको छ । यी दुई क्षेत्र भूकम्पका कारण सर्वाधिक प्रभावित भएका छन् ।

    अल्बानियाको राजधानी तिरानाबाट ३३ किलोमिटर पश्चिममा रहेको बन्दरगाह शहर डुरेसमा भूकम्पका कारण सबैभन्दा बढी भौतिक तथा मानवीय क्षति भएको बताइएको छ । बुधबार राति भग्नावशेषबाट ६ मृत शरीर निकालिएसँगै मृत्यु हुनेको सङ्ख्या ४० पुगेको सरकारले जनाएको छ ।

    सरकारले भग्नावशेषमा गरिएको उद्धारबाट कसैलाई जीवित पाउनसक्ने विश्वास क्षीण भएको छ । यद्यपी डुरेसमा उद्धार खोजी जारी राखिएको छ तर देशका अन्य भागमा भने भूकम्पपछि वेपत्ता भएका भनिएका सबैलाई जीवित तथा मृत अवस्थामा भेटिसकिएको भन्दै उद्धारको काम रोकिएको छ ।

    अल्बानिया भूकम्पका कारण ६५० जनाभन्दा बढी घाइते भएका छन् भने घर तथा आवास भत्किएका कारण करिब दुई हजार १ सय नागरिकले दुई दिनदेखि पालमुनि रात विताउन बाध्य भएका बताइएको छ ।

    अधिकारीहरूका अनुसार शक्तिशाली भूकम्पपछि पनि पाँच म्याग्निच्युडका पराकम्पन आउँदा थप घरहरू भत्किने क्रम जारी हुँदा उद्धार प्रयासमा समेत जटिलता उत्पन्न भएको छ ।

    बाल्कन मुलुकमा गएको भूकम्पमा छिमेकी यूरोपेली मुलुकहरूबाट खोजी तथा घरबारबिहीनलाई राहत तथा सहयोग पुर्‍याउने काम भएको छ । भूकम्पपछि तत्काल उक्त क्षेत्रमा उद्धारकर्मी, उद्धारका लागि विशेष सामग्री, तालिमप्राप्त कुकुर तथा आपतकालीन सामग्रीहरू आपूर्ति गरिएको थियो ।

    अल्बानियाका अधिकारीले क्षति भएका घर तथा भवनहरूमा प्राविधिक (इन्जिनियर)ले परीक्षण नगरेसम्म प्रवेश नगर्न आग्रह गरेका छन् ।

    अल्बानियाका रक्षामन्त्री ओल्टा झाखाले बुधबार अपराह्न पत्रकार सम्मेलन गरी यस शक्तिशाली भूकम्पबाट मृत्यु भएका व्यक्तिको नाम पढेर सुनाएका थिए । उनले भूकम्पका कारण ६५७ जना घाइते भएका र ५० जनाभन्दा बढीलाई उद्धार गरिएको र उद्धार कार्य जारी रहेको पनि जानकारी दिए ।

    रक्षामन्त्री झाखाले निकै क्षतिग्रस्तको निरीक्षण गर्न प्राविधिक खटाइने बताउँदै केही दिन शान्त रहन अपिल गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑