१ लाख ५९ हजार साउदी रियालसहित एक जना भारतीय नागरिक पक्राउ
वीरगंज संजाल
९ मंसिर २०७६, सोमबार १४:२५
५१५७
काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ लाख ५९ हजार साउदी रियालसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।फ्लाई दुबईको उडानद्बाट दुबई जान लागेका राहदानी नम्बर पि ९२२६३३३ वाहक भारतीय नागरिक ४७ वर्षीय अस्फाक मिराज पक्राउ परेका हुन् ।
अवैध रुपमा लुकाई छिपाई बाह्य मुलुक लैजान लागेको अवस्थमा उनलाई आइतबार साँझ १ लाख ५९ हजार साउदी रियालसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा झोलाभित्र फल्स बटम बानाई राखेको ५ सय दरका ३ सय १८ थान साउदी रियाल बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ भारतीय नागरिकलाई अनुसन्धान पश्चात आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।