श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसरमा एक युवा मृत फेला
वीरगंज संजाल
९ मंसिर २०७६, सोमबार १२:३६
३३३५
महोत्तरी | महोत्तरीको बर्दिवास नगरपालिका–१४ स्थित श्रीकामेश्वरनाथ महादेव मन्दिर परिसर एक जना मृतक भेटिएका छन् । आइतबार साँझ मन्दिर परिसरको धर्मशालामा बास बस्न पुगेका करिव अन्दाजी ३० वर्षका एक युवा धर्र्मशालामै मृतक भेटिएको हुन् ।
मृतकको परिचय अहिलेसम्म खुल्न नसकेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । बालाचतुर्दशी पर्वको अवसरमा आइतबार राती मन्दिर परिसरमा दिप प्रज्वलित गर्न पुगेका भक्तजन भजनकिर्तन गर्दै नाची रहेका बेला अपरिचित यात्री नजिकै बालिएको धुनी तापी रहेको आज विहान मृत भेदिएको प्रहरीले जानकारी दिएको छ ।