• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस

  • वीरगंज संजाल
  • ९ मंसिर २०७६, सोमबार ०५:२४
  • ७१९७

    बीरगंज | हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिनसम्म लैङ्गिक हिंसाका विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरिन्छ ।

    विभिन्न अध्यनहरु अनुसार संसारभरिका प्रत्येक तिन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनैनकुनै प्रकारको हिंसा भोगेका हुन्छन् र धेरैजसो हिंसा भने उनिहरुका निकट, प्रेमी, विश्वासपात्र या जीवनसाथीबाट भोगेका हुन्छन् भन्ने जनाइएको छ । त्यस्तै अर्को अध्यनले संसारभरिका ३५ प्रतिशत महिलाहरुले आफ्नो जीवनकालमा कुनै न कुनै प्रकारको शारीरीक या यौनजन्य हिंसाको शिकार भएका हुन्छन् भन्ने तथ्याङ्कले देखाउँछ ।

    अर्कोतर्फ पुरुषहरुबाट कहिलेकाँही जानअञ्जानमा महिलाको संवेदनामा ठेस पुग्ने महिला हिंसाजन्य कार्यहरु भईरहेको हुन्छ । महिला हिंसाका क्रियाकलापहरु फराकिलो दायरा अन्तर्गत महिलाहरुको स्वीकृती बेगैर उनिहरुलाई असहज र अश्लिल कुरा सुनाउने कार्यहरू यौनजन्य हिंसाभित्र पर्दछ । केटी जिस्क्याउनुलाई पुरूषार्थसँग जोडेर कम्मर कसेर जिस्क्याउने अल्लारे उस्तादहरुदेखि बाटोमा साईकल या मोटरसाइकल कुदाउँदा छेउमा महिला देखेर हर्न बजाउने अनि घुरेर हेर्ने अनेक क्रियाकलाप अथवा बानी तपाईहामी धेरैमा हुनसक्छ । एक पटक हामी आफै सच्चिन पनि प्रयास गर्ने की?

    विपरित लिङ्गि प्रति आकर्षित हुनु स्वभाविक हो तर आकर्षणको अर्थ हिंसा हैन । कर-बल हैन माया, तर्क हैन, भावना अनि शरीर हैन मन जित्नसक्ने पुस्ताको खाँचो छ, नयाँ पुस्तामा लैङ्गिक समानताका धारणाहरुको विजारोपण गर्न जरुरी छ । शरीर हैन मन जित्ने कला सिकाउन जरुरी छ अनि नारी पुरुष सँगै हिंड्ने समान समाज आजको आवश्यक्ता हो ।

    संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसकारुपमा मनाउने निर्णय गरेको हो ।
    नारी पात्र अर्थात महिलाको भूमीका मानव जीवनको विकासक्रममा अभूतपूर्व छ, पूज्य छ । आमाको कोंखबाट शुरुहुने मान्छेको जिन्दगी क्रमशः दिदी-वहिनीको माया, श्रीमतीको साथ, समाजको सह-अस्तित्व हुँदै अगाडी बढ्दछ । शुरुमा मुखमा परेको दुधको धर्सो देखि लिटोको रूपमा परेको प्रथम गाँस, ‘कोखाई कोखाई’ गरेर खुवाउने, माया दिने तिनै नारी पात्र आमा नै हुन तर विडम्वना कस्तो छ भने संसारकै श्रृष्टि थेग्ने यिनै नारी पात्रहरु आजपनि संसारभरी नै हिंसाका शिकार भईरहेका छन् । आज यहि प्रकृतिका पर्याय अनि मानव सृजनाकी प्रतिमूर्ती नारी अर्थात् महिलाहरु प्रति हुने कुनैपनि हिंसा विरुद्धको दिवस हो ।

    अझै पनि दिनँहुजसो पत्रपत्रिका, टिभी या रेडियोका समाचारहरुमा महिलामाथीको हिंसाका खबरहरु तारन्तार आउने गर्दछ । फलाना ठाँउमा दाईजो नल्याएको झोँकमा यसो भयो रे ? बोक्सीको आरोपमा यसो गरियो रे अनि बालिकामाथी जबरजस्ती यसो गरियो भन्ने समाचारहरुले मुटु चिर्दछ । नेपालमात्र नभई संसारका धेरै विकसित देशहरुमा पनि महिला हिंसा र असमानताका ध्वनीहरु सुनिन्छ ।

    महिला विरुद्धको हिंसा नितान्त रुपमा मानव अधिकारको हनन हो, हामी सबै यसप्रति सजग रहन जरुरी छ । महिला विरुद्धको हिंसा लैगींक असमानताको उपज पनि हो र यसका विरुद्धमा कानुनहरुले सम्वोधन पनि नगरेका होइनन तथापि यो विकसित संसारमा अझैपनि कुनै न कुनै अवयवकारुपमा महिला हिंसा र लैङ्गिक असमानता कायमै छ ।आजको दिनले महिला विरुद्धको हिंसाका विरुद्ध समग्र विश्व समूदाय भेला भएर एैक्यवद्धता जनाउने गर्दछ ।

    इतिहास साक्षी छ कि जुन समूदायमा महिला र पुरुषकाबिचमा समान व्यवहार छ र मिलेर घर व्यवहारमा हातेमालो गरिएको छ भने त्यो परिवार, त्यो समूदाय विकासका पूर्वाधार र जागरणका अभ्यासहरूमा सदैव अगाडि रहने गर्दछ । एउटी आमालाई शिक्षा दिनु सम्पूर्ण परिवारलाईनै शिक्षा दिनु हो भनेर महिला शिक्षा, प्रौढ शिक्षा अनि विभिन्न अनौपचारीक शिक्षा मार्फत् महिलाहरुलाई साक्षर र जागरुक बनाइने कार्यक्रमहरु जनस्तरमा सरकारी र गैरसरकारी माध्यमबाट चलायमान छन् । शान्ति, सुरक्षा र संभावनाकालागि लैङ्गी समानता अपरिहार्य छ ।

    वैदिक सनातन हिन्दू अनि हाम्रो वैदिक परम्पराको व्यवहारीक नियममा हाम्रो समाज, अझ भनौ सिन्धु नदिको तटमा भएको यो शालिन सभ्यताले महिला पुरुष दुबैलाई समानता र आदर दिएको ईतिहासका पानाहरु साक्षी छन् । पूजिने देवीहरु, लक्ष्मीको पर्यायकारुपमा छोरी अनि बुहारीलाई मान्ने चलन, हरेक पूजा या यज्ञहरुमा आवश्यक पर्ने पञ्चकन्याहरु अनि कुमारी अर्थात जिवित देवीको चलन, यी सबै महिलाप्रतिको सम्मान र आदरका संस्कारहरु हुन् ।

    हाम्रो समाजमा पनि छोरा र छोरीकाविचमा धेरै भेदभाव गरिन्छ, यो छोराले गर्ने काम, छोरा भनेको आँटी हुनपर्छ अनि छोरी पराईको घर जाने जात, छोरी भएर पनि बोल्ने बानी नराम्रो आदिजस्ता हाम्रो आफ्नै व्यवहार अनि भनाइहरु नै महिला विरुद्धको हिंसाको प्रारम्भ हुने कारण हो, जुन हाम्रो मष्तिश्कमा जरा गाडेर बसेको छ । छोरी होस् या छोरा समाज-परिवार अनि राष्ट्रले समान ब्यवहार नगरेसम्म महिला हिंसा विरूद्धको अभियान सफल हुनेवाला छैन ।

    महिला हिंसाका कथाहरु अनि ब्यथाहरु धेरैजसो गुपचुप अनि अभिब्यक्त नै नभएर हराउँदछन् । खासगरी नेपाल सरकारले महिला पुरुष कानुनतः समान र सक्षम छन्, तपाईमाथी कुनैपनि प्रकारका हिंसा भएका छन् भने सम्बन्धित निकायमा खबर गरेर न्याय पाउन सक्नुहुनेछ । हिंसालाई सहनु अथवा भोगेर केहि नबोल्नु भनेको हिसालाई प्रश्रय दिनु नै हो जुन राम्रो कदापी हुन सक्दैन । महिला हिंसा भन्ने वित्तिकै हामी हिंशक पुरुषलाई देख्छौँ तर महिला हिंसामा महिलाहरुकै भूमीका पनि उत्तिकै रहन्छ, बुहारी तहलाउने सासुदेखि भाउजु तहलाउने नन्दसम्म, छोरी तहलाउने आमादेखि छात्रा तहलाउने शिक्षिकासम्म अझै हाम्रो समाजमा छ्यापछ्याप्ती पाईन्छन् । महिलाहरु सवंय पनि महिला हिंसा विरुद्ध सजग रहन जरुरी छ है ।

    जसरी पार्वती विनाका शिवको अस्तित्व गौण छ, लक्ष्मी विनाका विष्णु आधी छन्, राधा विनाका कृष्णको कथा रोमाञ्चक हुन्न, माता मरियम विनाका जिसस क्राईस्टको पौरख पूर्ण छैन, त्यसै गरि नारीको प्रेम र आत्मियता विना पुरुष र पुरुषको साथ र सम्मान विना महिला पूर्ण हुदैनन्, आउनुहोस् आज वाचा गरिदिउँ कि महिला हिंसाविरुद्धमा हामी सदैव सजग रहनेछौ । महिला सशक्तिकरणकालागि हिंसाको अन्त्य, जय होस् !

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑