सीमा अतिक्रमणविरुद्ध बुटवलमा क्रान्तिकारीको प्रदर्शन
वीरगंज संजाल
८ मंसिर २०७६, आईतवार १४:२६
४५७३
काठमाडौं | नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नक्साको विरोधमा विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट अखिल (क्रान्तिकारी)ले बुटवलमा प्रदर्शन गरेको छ। क्रान्तिकारी लुम्बिनी क्षेत्रीय समन्वय समितिको आयोजनामा आइतबार बिहान विराेध प्रदर्शन गरिएको हो।
हजारौंको संख्यामा सडकमा आएका विद्यार्थीले ‘कालापानी, लिम्पियाधुरा र लिपुलेख हाम्रो हो’, ‘गो ब्याक इन्डिया’ भन्दै नारावाजी गरेका थिए। त्यस्तै ‘भारतीय दादागिरी बन्द गर’, ‘नेपाली भूमि छोड’, ‘भारतीय साम्राज्यवाद मुर्दावाद’ लगायतका नारा समेत लगाएका थिए।
नेपाल कम्युनिस्ट पार्टीको छैठौं पुनर्गठन दिवसको अवसरमा सीमा अतिक्रमणविरुद्ध प्रदर्शन गरिएको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी क्षेत्रीय समन्वय समिति संयोजक विरेन्द्र विकले जानकारी दिए।