बीबीसी । काग्निटिभ न्यूरो साइन्टिस्ट गिना रिप्पनको जिन्दगीमा १९८६ मा ११ जुन सबैभन्दा सुखद दिन थियो । उनले त्यसदिन छोरीलाई जन्म दिएकी थिइन् । र त्यही दिन चर्चित फुटबलर गेरी लिनेकरले पुरुष फुटबल वर्ल्ड कपमा ह्याट्रिक गरेका थिए ।
त्यो राति रिप्पनको वार्डमा नौ बच्चा जन्मिएका थिए । सबै रुँदै गरेका नवजात शिशुलाई पालैपालो उनीहरुकी सुम्पिने काम चलिरहेको थियो । जब रिप्पनलाई उनकी छोरी दिँदै नर्सले भनिन्, “यो बच्ची सबैभन्दा ठूलो स्वरमा चिच्याइरहेकी छ । बालिकाको जस्तो आवाज नै लागिरहेको छैन ।”
नर्सको कुरा सुनेर रिप्पन गहिरो सोचमा डुबिन् । छोरी जन्मिएको १० मिनेट नपुग्दै उसलाई बालिका र बालकको श्रेणीमा विभाजन गरियो । छोरा र छोरीबीच भेदभावयुक्त सोच पुरै विश्वभरी फैलिएको छ ।
जबकी ईश्वरले दुबैलाई समान बनाएको छ । स्वयम् मानिस पनि यही मान्छ कि नारी र पुरुष जिन्दगीको गाडीका दुई पांग्रा हुन् । फेरि पनि दुबैले आपसमा नै भेदभाव गर्छन । पुरुष र महिला लैंगिक रुपले एकअर्काभन्दा फरक छन् ।
यही विचारलाई चुनौती दिन रिप्पन कयौं दशकदेखि काम गरिरहेकी छन् । उनको काम ‘द जेण्डर्ड ब्रेन’ नामक पुस्तकमा उल्लेख गरिएको छ ।
महिला र पुरुषको दिमाग
रिप्पन मानिसको दिमाग लिंगका आधारमा एकअर्काभन्दा फरक नहुने तर्कको वकालत गर्दै आएकी छन् । समाजले यसको महसुस गराउने उनको दाबी छ । यस्तो अवस्थामा उनको पुस्तकको शीर्षक केही ‘पथभ्रष्ट’ (गुमराह) जस्तो भान हुन्छ ।
जन्मदेखि वृद्धावस्थासम्म हाम्रा क्रियाकलाप, चाल–चलन र सोचको तौर–तरिकालाई आधार मानेर नै नारी र पुरुषको दिमाग लैंगिक रुपमा फरक हुने छाप परेको छ । रिप्पनलाई २०१९ मा आइपुग्दा पनि यो सोच परिवर्तन नभएकोमा दुःख लाग्छ । भेदभाव आज पनि जारी छ, भलै यसको रूपरंग परिवर्तन भइसकेको छ ।
झण्डै दुई सय वर्षदेखि हामी पुरुषको दिमाग महिलाको दिमागभन्दा फरक छ कि छैन् भन्ने बारेमा जानकारी लिने प्रयासरत छौं । तर, सधै यो प्रश्नको उत्ततर छैन मा रह्यो । विज्ञान र प्रविधिको मद्दत लिए पछि केही पुराना सोच (मान्यता) हरु पूर्ण रुपले गलत साबित भएका छन् । फेरि पनि समाजमा यो फरक मेटिएको छैन ।
एउटा सत्य के पनि हो भने, महिलको मस्तिष्क पुरूषको तुलनामा औसत रुपले सानो हुन्छ । महिलाको मस्तिष्कको आकार पुरुषभन्दा झण्डै १० प्रतिशत सानो हुन्छ । यसैको आधारमा महिलाको बुद्धिलाई कम भएको भन्दै गलत ढंगमा आक्ने गरिन्छ ।
रिप्पन भन्छिन्, “ज्ञान र बुद्धिको सम्बन्ध यदि मस्तिष्कको आकारले हुन्थ्यो भने हात्ती र स्पर्म व्हेलको दिमागको आकार मानिसको भन्दा कयौं गुणा बढी हुन्छ भने किन उनीहरुमा मानिसको जस्तो बुद्धि हुँदैन ?” चर्चित वैज्ञानिक आइन्स्टाइनको मस्तिष्क औसत पुरुषको तुलनामा सानो थियो भन्ने मान्यता छ । तर, उनको बुद्धि र ज्ञान भने सानो थिएन ।
दिमागी आकारको ज्ञानसँगको सम्बन्ध
यही आधारमा भनिन्छ कि दिमागको आकार र ज्ञानसँग कुनै लिनुदिनु हुँदैन । फेरि पनि समाजमा फरक कम गर्ने सोचले आप्mनो जरा बलियो गरी गाडेको छ । नक्सा अध्ययनको काम पूर्ण रुपले सम्झिन सक्ने शक्तिमा आधारित छ । तर, प्रायः यो काम पुरुषलाई नै दिइन्छ । किनकी पुरुष नै यो कामका लागि उत्कृष्ट छन् भन्ने मान्यता समाजमा छ ।
“मस्तिष्कको आकारको अन्तरलाई बढी नै बढाइ–चढाइ गरेर पेस गरिएको छ । यो त हामी जान्दछौं कि हाम्रो मस्तिष्क दुई गोलार्धमा बाँडिएको हुन्छ,” रिप्पन भन्छिन्, “यि दुई भागको बीचमा कर्पस क्यालोसम हुन्छ । जसले दिमागका दुबै भागलाई जोड्ने पुलको काम गर्दछ । यसलाई इन्फर्मेशन ब्रिज अर्थात सूचनाको पुल पनि भनिन्छ । यो पुल पुरुषको तुलनामा महिलामा बढी व्यापक हुन्छ ।”
के भन्छ विज्ञान ?
साइन्सको यो रिसर्चले महिलालाई अतार्किक भन्नेहरुलाई ऐना देखाउँछ । प्रायःजसो महिलामा सोच्ने र सम्झिने क्षमता कम हुने बताइन्छ । किनकी, उनकी उनीहरुको सोचमा भावना बढी हावी रहने पनि भनिने गरेको पाइन्छ । जबकी रिसर्चले यसलाई गलत साबित गरेको छ ।
रिप्पनले आप्mनो पुस्तकमा लेखेकी छन्, “पुरुष गणित र विज्ञानमा राम्रो जानकार हुन्छन् भन्ने आमधारणा छ । यि दुई अप्ठ्यारो विषयलाई उनीहरुको दिमागले बढी राम्रो सँग बुझ्दछ । यसै कारण नोबेल पुरस्कार अथवा यस्तै प्रकारका अन्य ठूला पुरस्कार जित्नुमा पुरुषको पहिलो हक हो । जबकी यो दावी सरासर गलत हो । दशकौंदेखिको रिसर्च पछि साबित भएको छ कि दिमाग समान रुपमा काम गर्दछ । यहाँसम्म कि पुरुष र महिलाको मस्तिष्कको बनावटमा फरक छुट्याउन सक्नु पनि गाह्रो छ ।”
के महिला र पुरुषको मस्तिष्कले समान काम गर्छ ?
रिप्पन भन्छिन् कि धेरै जसो धारणाहरु समाजमा यति गहिरोसँग जरा गाडेर बस्छन् कि यदि त्यसमाथि रिसर्च गरियो भने नतिजा उनीहरुकै धारणा अनुसार आउँछ । किनकी रिसर्चर पनि त यही समाजको हिस्सा हुन । सामाजिक विचारले उनीहरुलाई पनि प्रभवित गर्दछ । यहाँसम्म कि स्वयम् महिलाको सोच तिनै धारणाहरु अनुसार रूपान्तिरित हुन्छ ।
यसमा कुनै शंका छैन कि सामान्यतया हामी सबैको मस्तिष्क समान काम गर्दछ । तर, पछि गएर यसले उस्तै काम गर्दछ जस्तो तालिम दिइन्छ ।