जनता को तर्फबाट अफजल हुसेन दारा प्रदेश नम्बर २ को मुख्यमन्त्रीलाई पत्र
वीरगंज संजाल
६ मंसिर २०७६, शुक्रबार १९:०६
९१४७
मुख्यमन्त्रीलाई पत्र प्रदेश नम्बर २ आदरणीय मुख मन्त्री जी मेरो नाम अफजल हुसेन हो र घर चाई पदेश नम्बर २ को पर्सा जिल्ला पर्छ। म मेकानिकल ईन्जिनियर हुँ, सीमेन्स पावर उत्पादन कम्पनी दुबईमा विशेषज्ञको रूपमा काम गर्दैछु।
मुख्य मन्त्री ज्यु मलाई तपाईको प्रोग्राम”बेटी पढाऊ बेटी बचाउ अभियान” मन पर्यो यस प्रोग्राम अन्तर्गत, तपाईं परदेश नम्बर २ मा बिभिन्न स्कूलहरूमा छात्रा विद्यार्थीहरूलाई साइकल चन्दा दिदै हुनुहुन्छ… तर मन्त्री ज्यु तपाईले परदेश न २ को नियमित क्षेत्रको कुनै पनि स्कूलको भ्रमण गर्नु भएको छ ? के तपाई स्कूलको शिक्षा स्तर र शिक्षकको अवस्था देख्नु भएको छ ? जस्तो स्कूलमा कति स्थायी शिक्षक छन्? यदि स्कूलमा शिक्षा प्रणाली नै कमजोर छ भने, तब तपाईंको अभियान ले कसरी काम गर्दछ र कसरी तपाईं बालिकाहरूलाई साक्षर बनाउनुहुन्छ ? जस्तो तपाईंले बताउनु भएको छ। यदि तपाईं मनोरन्जनका लागि केटीहरूलाई साइकल प्रदान गर्नुहुन्छ भने ठीक छ। भर्खर मैले नेपल भ्रमण गरेको थिएँ र मेरो नेपाल भ्रमणको क्रममा मैले दुर्गम एरिया स्कूलहरू हेर्ने मौका पाएँ। मैले शिक्षाको अयोग्य अवस्था पाएको छु। केही शिक्षक विद्यालयमा छन् तर तिनीहरू स्थायी शिक्षकहरू छैनन्। यो अवस्थामा कसरी सफलता प्राप्त गर्दछ तपाईंको वर्तमान अभियानले मलाई लाग्छ, तपाईको योजना कहिल्यै सफल हुँदैन।
यदि तपाई नेपालको दुर्गम क्षेत्रमा भ्रमण गर्नुहुन्छ भने तपाई शिक्षा स्तर देख्न सक्नुहुनेछ जुन परदेश नम्बर २ विद्यालयहरु भन्दा धेरै राम्रो छ। दैनिक विद्यार्थीहरू विद्यालय पुग्न संघर्ष गर्दै छन्। विद्यालय पुग्न कुनै उचित सडकहरू छैनन्। विद्यार्थीहरूले डोरी झुण्ड्याएर पूल पार गर्दै छन्।
तपाईं परदेश २ का राजनीतिक नेता हुनुहुन्छ र आफ्नो राज्यलाई राम्रो बनाउन तपाईको आफ्नै दृष्टिकोण छ। सामान्य व्यक्तिको दुई आँखा हुन्छन् तर एक नेत्रदर्शी नेताहरूको 3 आँखा हुन्छ।
मलाई हाम्रा सम्माननीय सीएम जीसँग नम्र अनुरोध छ, कृपया कुनै पनि तयारी भाषण नदिनुहोस् जुन व्यावहारिक रूपमा उपयुक्त छैन। शिक्षा प्रणालीलाई सशक्त बनाउन सबै प्रयास गर्नुहोस्। तपाईले साइकल चन्दा दिएर गरिब छात्रालाई शिक्षित पार्न सक्नुहुन्न। कृपया राम्रो शिक्षक भर्ना गर्न साइकल बजेट प्रयोग गर्नुहोस्। “शिक्षा हाम्रो जीवनको एक हिस्सा हो र यो बिना हाम्रो जीवन अँध्यारो छ”