• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    5 वर्षमा एकपटक लाग्ने गढीमाई मेलामा भीडभाड बढ्न थाल्यो

  • वीरगंज संजाल
  • ४ मंसिर २०७६, बुधबार ०८:५४
  • ३५९३

    बारा |  ५ वर्षमा एकपटक लाग्ने बारा, बरियारपुरको गढीमाई मेलामा बिस्तारै भीडभाड बढ्न शुरू भएको छ । मङ्सिर १ गतेदेखि एक महीनासम्म मेला लाग्ने भए तापनि घटस्थापनाको दिनदेखि नै गढीमाई मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले फोन सन्देशमार्पत् पूजापाठ गरी मेला शुभारम्भ गरेकी थिइन् ।

    मेलामा विशेषगरी मन्दिर आसपासका क्षेत्रमा भीडभाड बढ्न थालेको र मेलामा स्टल राख्ने तथा पसल खोल्नेहरूले जग्गा खरीद गरी आआप्mनो व्यापार शुरू गरिसकेको मेला सञ्चार समितिका संयोजक मुकेश यादवले बताए।उनका अनुसार अबको तीन दिनपछि मेलामा श्रद्धालु भक्तजनहरूको चहलपहल बढ्ने भएपछि मेलामा प्रवेश गर्ने सवारीसाधनलाई बारा प्रहरी तथा ट्राफिक प्रहरीको समन्वयमा मूल समितिले व्यवस्थापनको लागि तयारी गरिसकेको बताए । हाल मेलामा साइकल, मोटरसाइकल, जीप, भ्यान, कार, ट्याक्टर, बससमेत मन्दिरसम्म प्रवेश गरिरहेका छन् भने केही दिनपछि मेलास्थलभन्दा ३ किलोमिटर परै पार्किङ गरी सवारीसाधनको व्यवस्थापन मिलाउने गढीमाई मेला पञ्च वर्षीय व्यवस्थापन समितिको तयारी छ ।

    महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरमा प्राचीन समयदेखि लाग्ने मेलाको लागि वडा नं १ का वडाध्यक्ष सुदामा साह कानुको अध्यक्षतामा मूल समिति गठन गरिएको छ भने गढीमाई मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिमा यसअघि निर्वाचनमार्पmत् रामचन्द्र साह अध्यक्षमा विजयी भएका थिए ।उक्त समितिले आप्नो जिम्मेवारी अनुसार काम गरिरहेको छ । मङ्सिर १७ गते षष्ठीका दिन राँगा र १८ गते बोकाको बलि दिइने तिथि तयार भएको पनि मूल समितिले जनाएको छ ।

    विश्वमा सबैभन्दा बढी पशुबलि दिइने मेला भएको कारणले पनि यस मेलालाई मानव अधिकारकर्मी तथा सञ्चारजगत्बाट आलोचना खेप्नुपर्छ । तर श्रद्धालुभक्तका अनुसार गढीमाई मेलाबाट बलिप्रथा हटाएमा मेलाको पहिचान गुम्नेछ । प्रत्येकचोटिको मेलामा पशुबलि रोक्ने होहल्ला भए तापनि हालसम्म पशुबलिलाई कम गर्न सकिएको छैन ।

     मेलामा यसपालि कलैया, कबही, सिम्रौनगढ, मटिअर्वा तथा बरियारपुर गरी पाँचवटा प्रवेशद्वार तोकिएका छन् । प्रवेशद्वारदेखि मन्दिरसम्म बाराका विभिन्न सुरक्षा अङ्गहरूको समन्वयमा करीब १ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् । मेला परिसर क्षेत्रमा ८० वटा सिसिटिभी क्यामरा पनि लगाइएको मेला सञ्चार समितिका अध्यक्ष यादवले जानकारी गराए । मेलामा ड्रोन क्यामराबाट पनि निगरानी गरिने उनले बताए ।

     कलैया, मझरिया, बघवन, गंजभवानीपुर, मलहनी, बिजुलपुर, आर्नाहालगायतका गाउँको सयौं बिघा क्षेत्रफलमा लाग्ने मेलामा ५ जारभन्दा बढी सानाठूला पसल लाग्ने अनुमान गरिएको छ । मेलामा सर्वसाधारणको लागि ६ सय शौचालय तथा १०/१० बिघा क्षेत्रफलमा विश्राम गर्न दर्जनौं टेन्ट पण्डाल बनाइँदै छ । मेलामा मूल समितिले यसपालि पसल तथा स्टलको लागि मेला अवधिभर १ वर्गफुट जग्गाको लागि ५ सय रुपैयाँ शुल्क तोकेको छ । मेलामा यसपालि करिब ६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑