• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    केन्द्रसँग प्रदेश २ को अर्को विवाद : वन ऐन खारेजीको माग गर्दै सर्वोच्चमा रिट

  • वीरगंज संजाल
  • ३ मंसिर २०७६, मंगलवार ०८:२२
  • ५८५९

    काठमाडौँ । प्रदेश २ ले संघीय संसद्‌बाट हालै पारित ‘वन ऐन’ ले संविधान मिचेको भन्दै खारेज गर्न माग गरेको छ । प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गर्ने गरी संविधानप्रतिकूल ऐन ल्याइएको भन्दै प्रदेश सरकारले त्यसविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।

    प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका तर्फबाट सहायक वन भूसंरक्षण अधिकृत बेचन चौधरीले रिट दायर गरेका हुन् । संघीय कानुनविरुद्ध प्रदेश सरकार सर्वोच्च अदालत पुगेको यो पहिलो घटना हो । यसअघि गत साउनमा सर्लाहीको सागरनाथ वन विकास परियोजनालाई आफ्नो मातहत ल्याउने संघ सरकारको निर्णयविरुद्ध प्रदेश २ सरकारले नै सर्वोच्चमा रिट दायर गरेको थियो । उक्त मुद्दा विचाराधीन छ । संघले ल्याउने नीति, निर्णय र कानुनले प्रदेशको अधिकार क्षेत्र मिचिएको भन्दै प्रदेश २ सरकारले पटक–पटक सार्वजनिक रूपमा आफ्नो असन्तुष्टि प्रकट गर्दै आएको छ ।

    रिटमा प्रादेशिक संवैधानिक अधिकारलाई नयाँ वन ऐनले संकुचित गरेको उल्लेख छ । प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापनको विषय प्रदेश सरकारको एकल अधिकारको सूचीमा रहेको भन्दै प्रदेशले त्यसमा हस्तक्षेप हुने गरी संघीय कानुन ल्याइएकाले खारेज गर्न माग गरेको हो । संघीय संसद्बाट असोज १ मा पारित वन विधेयक राष्ट्रपतिले असोज २७ मा प्रमाणीकरण गरेकी थिइन् ।

    आजको कान्तिपुरमा खबर छ–उक्त कानुन कार्यान्वयनमा आएसँगै मुलुकभरका डिभिजन वन कार्यालयमा खटिएका वन अधिकृत (डीएफओ) संघीय सरकारमातहत आएका छन् । यसअघि उनीहरू प्रदेश सरकारमातहत थिए । वन ऐनले डीएफओलाई शक्तिशाली बनाएको छ । वन क्षेत्रमा प्रवेश निषेधको सूचना प्रकाशित गर्नेदेखि रणनीतिक योजना बनाउने, सामुदायिक वनको स्वीकृति दिने, फिर्ता लिन सक्ने, साझेदारी वन व्यवस्थापनको स्वीकृति, वनपैदावर, मालवस्तु र चौपाया लिलामीदेखि मुद्दासम्बन्धी सबै अधिकार डीएफओलाई छ । संघले डिभिजन वन कार्यालय भने यसअघि नै प्रदेशमातहत पठाइसकेको छ ।

    प्रदेश २ का उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामनरेश रायले संविधानले प्रदेशभित्रको राष्ट्रिय वन व्यवस्थापनको जिम्मा प्रदेश सरकारलाई दिएकामा संघबाट हस्तक्षेप गर्न खोजिएको बताए । तीन तहको अधिकार बाँडफाँटसम्बन्धी संविधानको अनुसूची–६ मा रहेको प्रदेशको एकल अधिकार सूचीको नं. १९ मा प्रदेशभित्रको राष्ट्रिय वन, जल उपयोग तथा वातावरण व्यवस्थापनको अधिकार प्रदेशलाई तोकिएको छ ।

    ‘संविधानले राष्ट्रिय वन व्यवस्थापनको जिम्मेवारी प्रदेशलाई दिने तर संघले त्यससम्बन्धी सम्पूर्ण अधिकार कार्यान्वयन आफूमातहतको डीएफओबाट गराउन खोज्नु असंवैधानिक भयो,’ उनले भने, ‘शक्तिको बाँडफाँट र संघीयताको मर्मविपरीत रहेकाले त्यसैविरुद्ध सर्वोच्च अदालत पुगेका हौं ।’

    नयाँ ऐनले डिभिजन वन प्रदेशमातहत र त्यसको प्रमुख केन्द्रमातहत रहने व्यवस्था गरेको छ । ‘कानुनले अधिकारजति सबै प्रमुख (डीएफओ) लाई दिएपछि कार्यालय मात्रै आफूसँग राखेर प्रदेशले वनको व्यवस्थापन कसरी गर्न सक्छ ?’ मन्त्री रायले थपे, ‘संघीय संसद्ले बनाएको कानुनले प्रदेश सरकारलाई संविधानले दिएको कार्यकारी अधिकार र प्रदेशसभाको विधायकी अधिकारसमेत मिचिएको छ ।’ संविधानविपरीत हुने गरी स्वेच्छाचारी हिसाबले प्राकृतिक स्रोत र साधनसम्बन्धी कानुन बनाउन खोज्नु सामान्य विषय नभएको उनले उल्लेख गरे ।

    प्रदेशले रिटमा संघीय संसद्, नेपाल सरकार, वन मन्त्रालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएको छ । प्रदेशको एकल अधिकार सूचीमा रहेका विषयमा कानुन बनाउँदा पनि संघ सरकार वा संघीय संसद्ले समन्वय नगरेको प्रदेशको अर्को गुनासो छ ।

    संघीय संसद्ले प्रदेशको विधायकी अधिकारमा प्रत्यक्ष असर पुग्ने गरी बनाएको कानुन कार्यान्वयनमा आइसक्दासम्म प्रदेशको कुनै निकाय वा मन्त्रालयसँग सहकार्य नगरिएको रिट निवेदनमा उल्लेख छ । प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले ऐन–कानुन निर्माण संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सहकारिता, सहअस्तित्व र समन्वयका सिद्धान्तमा आधारित हुने मान्यताविपरीत वन ऐन ल्याइएको बताए ।

    रिटमा असंवैधानिक प्रक्रियाबाट दोषयुक्त विधायनका रूपमा अघि आएको ऐन प्रारम्भदेखि नै खारेज गर्न माग गरिएको छ । संविधानमा उल्लेख भएको सरकारको शक्ति बाँडफाँटसम्बन्धी प्रतिबन्धलाई उल्लंघन गरेर ऐन ल्याइएको र संघीय संसद्को एकलौटी रबैयाले प्रदेशको अस्तित्व गौण बनाएको निवेदनमा उल्लेख छ । वन ऐनको दफा २(ज), ७(१), ९(१), ११(३) १४(१), १८(२)(३)(६), १९(१), २३(२), २८(१), ३०(१), ६५(१), ६७(१) र ८०(१) ले प्रदेशको अधिकार क्षेत्र मिचिएको दाबी रिटमा गरिएको छ । ती दफाले वनसम्बन्धी कार्यकारिणी अधिकार केन्द्रबाट खटिएका डिभिजन वन अधिकृतलाई प्रदान गरेको छ । ती दफाले प्रदेश सरकारको अधिकारलाई संघीय सरकारले आफ्नै मातहत राख्न खोजेको प्रस्टिएको दाबी मन्त्री रायको छ । उक्त रिट निवेदनलाई मंसिर ६ गते संवैधानिक इजलासमा पेसी तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप
  • युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न
  • यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    दानव नदीमा अवैध उत्खनन गर्ने सवारीसाधन नियन्त्रणमा

    पूर्वमन्त्री दीपक खड्का पक्राउ: केन्द्रीय अनुसन्धान ब्यूरो ले अवैध सम्पत्ति र बहुचर्चित काण्डहरूमा अनुसन्धान तीव्र बनायो

    कम्बोडियामा अवैध काममा लगाइएका १२ नेपालीको उद्धार

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    News

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    News

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    News

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑