प्रधानमन्त्रीले मृगौलापिडीतलाई भेट्न समय नदिएको भन्दै बालुवाटारमा प्रदर्शन
वीरगंज संजाल
२ मंसिर २०७६, सोमबार १४:०६
५७४५
काठमाडौं । १४ बुँदे ज्ञापनपत्र लिएर बालुवाटार पुगेका मिर्गौलापीडितहरुले आफुहरुलाई प्रधानमन्त्रीले भेट्न समय नदिएको भन्दै बालुवाटारमा प्रदर्शन गरेका छन् । पिडीतहरुले मृगौला पिडीतलाई उपलब्ध गराउदै आएको सहयोग पुरानै ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई भेट्न निवास पुग्दा भित्र पस्न नदिइएपछि बालुवाटारमा प्रर्दशन गरेका हुन् ।
मिर्गौलापीडित सरोकार समाजको नेतृत्वमा सोमबार बालुवाटार पुगेका पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता र डायलासिसमा दिँदै आएको सुविधा यथावत राख्न माग गरेका हुन्।पिडीतहरुले प्रधानमन्त्रीले भेट्ने समय नदिएको प्रति गुनासो गर्दै प्रधानमन्त्री स्वयम् मिर्गौलापीडित भएर पनि समस्या नबुझेको भन्दै यस बिरुद्ध आन्दोलन गर्ने बताए ।
उनीहरुले उच्च आहोदाका ब्यक्तीहरु बिरामी हुँदा देशको ढुकुटीनै रित्याएर बिदेश उपचार गर्न जाने तर सामान्य मानिसको उपचारका लागि छुट्याइएको बजेट सुबिधा पनि कटौती गरेको भन्दै रोष प्रकट गरे ।पीडितहरुले जीविकोपार्जन वापतको मासिक भत्ता ५ हजार उपलब्ध गराउनुपर्ने , निशुल्क हेमोडायलाइसिस, विरामी कुरुवाको उचित बसोबासको व्यवस्था, डायलाइसिस सुविधाको रकम तत्काल उपलब्ध गराउनुपर्ने लगायत १४ बुँदे माग गरेका छन् ।