• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० जनाको मृत्यु

  • वीरगंज संजाल
  • २ मंसिर २०७६, सोमबार १३:०६
  • ५१५७

    सुरुङ्गा । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको थियो ।

    त्यस्तै हिजो मङ्सिर १ गते आइतबार पनि मेचीनगर–९ निवासी ५७ वर्षीय बुद्धिमाया तामाङको हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी करेन्ट लागेर मृत्यु भयो । गाई वस्तु धपाउने क्रममा तामाङलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो । करेन्ट लागेर तामाङको पनि घटनास्थलमै मृत्यु भएको थियो ।

    माथिका दुई वटा घटना पछिल्ला प्रतिनिधि घटना मात्रै हुन् । जङ्गली हात्तीबाट जोगिन विच्छ्याइएको विद्युतीय तारमा परी झापामा यस अघि धेरैले ज्यान गुमाइसकेका छन् । मेचीनगर–९ माथिल्लो मागुरमाडीका ६० वर्षीय गङ्गा थपलियाको पनि गत साउनमा विद्युतीय धरापमा परी मृत्यु भयो ।

    त्यस्तै अर्जुनधारा–४ दहिझोडा निवासी २५ वर्षीया अनु लिम्बू, मेचीनगर–३ धरधरेका ५८ वर्षीय डिल्ले गहतराज, भद्रपुर–१० का ७१ वर्षीय डम्वरबहादुर लिम्बूसहित धेरैले विद्युतीय धरापमा परी ज्यान गुमाए ।

    गत असारमा रणकाली सामुदायिक वन हल्दिबारी–३ मा हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परेर तीन वटा हात्ती मरेका थिए । यसअघि पनि विद्युतीय तारमा परी झापा र इलामको सिमानामा पर्ने इरौँटार–८ मा एउटा पोथी हात्ती मरेको थियो ।

    झापाका विभिन्न क्षेत्रमा पछिल्लो समय हात्ती नियन्त्रणका लागि भन्दै जथाभावी विद्युतीय तारको प्रयोग गरिएको छ । तर त्यही तारमा परेर एक पछि अर्काे गर्दै मानिसको मृत्यु हुन थालेपछि चिन्ता थपिएको डिभिजनल वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “२०६७ साल यता विद्युतीय तारमा परी ४० जनाले ज्यान गुमाइसकेका छन् भने छावासहित ११ वटा हात्ती मरेका छन् ।

    हात्ती नियन्त्रणका लागि भन्दै डिभिजनल वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाल विद्युत् प्राधिकरणको अनुमति नलिई हात्ती प्रभावित क्षेत्रका वासिन्दाले विद्युतीय तारको जथाभावी प्रयोग गरेका छन् ।

    “यसो गर्न पाँइदैन, हात्तीबाट जोगिन लगाइएको तारमा परेर आफ्नै मृत्यु हुनुले आफ्नो काल आफैँ निम्याए झैँ भइरहेको छ”, डिभिजनल प्रमुख घिमिरे भन्नुहुन्छ, “हात्ती नियन्त्रणका नाममा तारमा करेन्ट जथाभावी छाड्ने अधिकार कसैलाई छैन, विद्युतीय तार मानव र जङ्गली हात्ती दुवैका लागि काल हो ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ
  • मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न
  • फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस
  • नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    अलौंमा कब्रगाह वाउन्ड्रीवाल निर्माणको मेयर सिंहद्वारा शिलान्यास

    गहवामाई रथ यात्रा’ आयोजनका लागि गठित धार्मिक समन्वय समिति विस्तार

    नारायणी अस्पतालमा विधुत सेवा अवरुद्ध प्रकरण : गुप्ता निलम्बित,थप कारबाहीका लागि सिडिओमा पत्रचार

    पन्चगाँवा गोल्ड कप फुटबलको उपाधि वीरगन्ज युथ एकेडेमीले जित्यो

    शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै वीरगन्जका मेयर सिंह जनकपुरमा सम्मानित

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राप्रपा नेपालका अध्यक्ष कलम थापा पक्राउ

    News

    मधेशी शहीद तथा घाइते हकहित संघर्ष समिति र मधेश प्रदेश सरकारबीच औपचारिक वार्ता सम्पन्न

    News

    फलफुल वितरण गरी मनाइयो नेपाल प्रेस युनियनको ३४औं स्थापना दिवस

    News

    नारायणी रंगशालामा बजेट विनियोजनको वाचा चाँडै पुरा हुनेछ : मन्त्री जयसवाल

    News

    भगवती टोल युवा क्लबको पुनर्गठन ,सुमित पटेलको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑