वडाभरि मदिरा पसलमा तालाबन्दी : मेयरभन्दा वडाध्यक्ष र महिलाहरूकाे सक्रियता
वीरगंज संजाल
२ मंसिर २०७६, सोमबार ११:४९
५७६९
जनकपुर | जनकपुरधाम उप महानगरपालिका वार्ड नं ७ को मदिरा पसलहरूमा ताल्चा लगाइएको छ ।वार्ड अध्यक्ष जानकीराम साहको नेतृत्वमा उप महानगर पालिकाकी उपमेयर रिता मिश्रको उपस्थितिमा वार्ड नं ७ को पूर्व निर्धारित कार्यक्रम अनुसार अाइतबार गैरकानूनी रुपमा संचालनमा रहेका झन्डै एक दर्जन बढ़ी मदिरा पसलमा ताल्चा लगाईएको छ ।
झन्डै एक वर्षपूर्व नै सबै मदिरा पसल सञ्चालकसँग विमर्श ग़री निर्णय नै ग़री सकेको वार्ड ७ का अध्यक्ष जानकीराम साहले बताए ।‘हाम्रो वार्ड ७ क्षेत्रभित्र कुनै कसैलाई दारू बेच्ने लाइसेन्स छैन,’ वार्ड अध्यक्ष साह भन्छन, ‘कानून विपरीत रहेका पसलमा सरोकारवाला निकायहरुको उपस्थितिमै ताल्चा लगाईएको छ ।’
कार्तिक ३० सम्म्मको अन्तिम समय स्वयं पसल सञ्चालकहरुले मागेको र तत्पश्चात पनि उनीहरुले पसल बन्द नगरेपछि बाध्य भएर बन्द गर्नुपरेको साहले जानकारी दिए ।ताल्चा लगाउने क्रममा महिलाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । महिला नेत्रीहरुले ‘वार्ड परिक्रमा क्षेत्रभित्र मांश-मदिरा बंद गर…’ भन्दै नाराबाजी समेत गरेका थिए । यता ताल्चा लगाउने क्रममा महिलाहरु र मदिरा व्यसायीसंग केही समय सामान्य भनाभन समेत भएको थियो ।
पसलमा ताल्चा लगाउने क्रममा जनकपुरधाम उप माहनगर पालिकाका कर प्रमुख परमेस्वर झा , आंतरिक राजस्व कार्यालएका प्रातिनिधि, घरेलू कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा जिरोमाइल प्रहरी चौकी इंचार्ज लगायत वार्ड ७ का सम्पूर्ण बोर्ड मेम्बरहरुको उपस्थिति रहेको थियो ।