पशुबलि प्रथा न्यूनीकरण,निरुत्साहन र अन्त्य गर्न सरकार दारा व्यापक रुपले प्रचार प्रासार
वीरगंज संजाल
१ मंसिर २०७६, आईतवार १७:५१
५४२९
पशुबलि प्रथा न्यूनीकरण,निरुत्साहन र अन्त्य गर्न सरकार दारा व्यापक रुपले प्रचार प्रासार ।
“पशुबलि प्रथा न्यूनीकरण,निरुत्साहन र अन्त्य गर्न सबै नागरिक सक्रियतापूर्वक लागौं “येस्तो अनुरोध गरेको बेनर वीरगंज को प्रवेश दवार संक्राचार्य गेट लागायत वीरगंज को विभिन्न ठाउँ हरुमा लगाइ सरकार दारा व्यापक रुपले प्रचार प्रासार गरिरहेको छ। बेनर हरुमा यसरी लेखिएको छ ।
“बारा जिल्लामा प्रत्येक ५ वर्षमा लाग्ने गरढीमाई मेला यही २०७६ साल मडसिर १ गते बाट शुरु हुन गैरहेको सन्दर्भमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७३ / ०४ / २० मा पशुबली प्रथालाई निरुत्साहित गर्न गराउन भनी जारी भएको जादेश कार्यान्वयन गर्ने सिलसिलामा सो मेलामा हुन सक्ने पशुबलीको कार्यलाई
निरुत्साहित तुल्याउने कार्यमा आवश्यक सहयोग पुऱ्याउन सरोकारवाला निकाय, स्थानीयबासी, श्रद्धालु भक्तजनहरु र सर्वसाधारण सबैमा अनुरोध गरिएको छ ।पशुबलि प्रथा न्यूनीकरण,निरुत्साहन र अन्त्य गर्न सबै नागरिक सक्रियतापूर्वक लागौं । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना तथा प्रसारण विभाग”