बेनीघाटमा रोकिराखेको ट्रकमा ग्यासकाे बुलेट ठोक्कियो, सडक एकतर्फि सञ्चालनमा
वीरगंज संजाल
Nov 17, 2019, 11:44 am
६२५०
शेयर
धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित वडा नम्बर ७ खटौती पुलमा ग्यास बुलेट अनियन्त्रित भई दुर्घटना भएको छ । तीव्र गतिमा भारतबाट काठमाडौंतर्फ आउँदै गरेको बीआर ०६जीडी१११३ नम्बरको ग्यास बुलेटले रोकिराखेको लु१ख ८५४१ नम्बरको ट्रकलाई ठक्कर दिँदा बुलेट चालक सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले लोकान्तरलाई जानकारी दिए ।
दुर्घटनामा घाइते भएका चालकको स्थानीय मेडिकलमा उपभार भइरहेको छ । दुर्घटना आइतबार विहान ५ः ३० बजेको समयमा भएको हो । बुलेट रोडमा नै कोल्टिएर बसेकाले अहिले सडक एकतर्फि सञ्चालनमा रहेको उनले बताए । उनका अनुसार, सडक खुलाउने प्रयास भइरहेको छ ।