काठमाण्डाै – भारतका पूर्व-क्रिकेटर सचिन तेन्दुलकर युनिसेफको पाेषणसम्बन्धी जनचेतना कार्यक्रममा सहभागी हुनका लागि नेपाल आएका छन् । उनी शुक्रबार राति काठमाण्डाै आइपुगेका हुन् ।
विमानस्गलमा उनलाई युनिसेफका पदाधिकारीले स्वागत गरेका थिए । गाेप्य रुपमा काठमाण्डाै आएका सचिन विशेष सुरक्षामा हाेटेल गएका थिए । युनिसेफको सदभावना दूत रहेका तेन्दुलकरले कीर्तिपुरको मैदानमा शनिबार नेपालका पूर्व खेलाडी बिनाेद दासकाे टिमसँग च्यारिटी खेल खेल्ने भएका छन् ।
दुवै टिममा युनिसेफले स्कुलका विद्यार्थीलाई समावेश गरेर टिम गरिएकाे छ । सचिन काठमाण्डाैकाे द्वारिका हाेटेलमा बसेका छन् ।
यही कार्यक्रमका लागि हाल भारतमा रहेका यू-१९ टिमका प्रशिक्षक विनोदकुमार दास नेपाल आइसकेका छन् । शनिबार कीर्तिपुर मैदानमा बिहान १० बजेबाट खेल सुरु हुनेछ ।
बालबच्चालाई पौष्टिक आहारका विषयमा सचेतना अभियानअन्तर्गत उनि समावेश गरिएका हुन् ।