• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    आलम पक्षका वकिलहरुको बहस सकियो, रौतहटको सुरक्षा व्यवस्था कडा

  • वीरगंज संजाल
  • २९ कार्तिक २०७६, शुक्रबार १४:५१
  • ४९६७

    रौतहट ।  रौतहट बमकाण्ड र हत्याको अभियोगमा पक्राउ परेका नेपाली काँग्रेसका निलम्बित सांसद आफताब आलमको मुद्दामा आज फैसला हुने सम्भावना बढेपछि सदरमुकाम गौरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।जिल्ला न्यायाधीश दीपक ढकालको चार नम्बर इजलासमा आलम पक्षका एकजना वरिष्ठ अधिवक्तासहित पाँचजना अधिवक्ताहरुले शुक्रवार बहस गरिसकेका छन् ।

    बहसपछि आलमलाई साधारण तारेखमा रिहा गर्ने वा पुर्पछका लागि थुनामा पठाउने भन्ने फैसला आउने छ ।न्यायाधीश ढकालले बिहीवारको बहसपछि आज बिहान १० बजे देखि १ बजेसम्मको समय निर्धारण गरेका थिए ।सोही अनुरुप वरिष्ठ अधिवक्ता अनिरुद्र बैठा, अधिवक्ताहरु किशोर राउत, राजाराम यादव, रामबहादुर साह, बिनोद पटेलले बहस गरिसकेका छन् ।

    प्रतिवादी आलमपक्षका वकिलको बहसपछि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख जिल्ला न्यायधिवक्ता खडिन्द्रराज कटुवालले आरोपी आलमसँग घटनासम्बन्धि केही प्रश्न गरिरहेका छन् ।कटुवालसँग सवाल जवाफ सकेर न्यायाधीश ढकालले आजै यस मुद्दामा फैसला गर्ने सम्भावना रहेको छ ।मुद्दाको जटिलतालाई ध्यानमा राखेर न्यायाधीश ढकालले सरकारी वकिल तथा अन्य न्यायाधीशसँग पनि छलफल गर्ने बताइएको छ ।

    न्यायाधीश ढकालले अन्य न्यायाधीशसँग सलाह सुझाव लिने भएमा फैसला आज नआएर आउने आइतवार मात्र फैसला हुने अदालत स्रोतले जनाएको छ ।ज्यान मार्ने कसुर, ज्यान मार्ने उधोग र विष्फेटक पदार्थ गरी तीनवटा मुद्दामा पक्राउ रौतहट क्षेत्र–२ का नेपाली काँग्रेसका निलम्बित सांसद महमद आफताब आलमको पक्षमा अधिवक्ताहरुले सोमवारदेखि बहस गरेका थिए ।

    यसअघि पूर्व महान्याधिवक्ता रमण श्रेष्ठ, नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शम्भु थापा, प्रेमबहादुर खड्का, वरिष्ठ अधिवक्ता युगनाथ खनाल, अधिवक्ता सतिस कुमार झा, वरिष्ठ अधिवक्ता शेरबहादुर केसी, सुनिल पोखरेल, योगेन्द्रबहादुर अधिकारी, कृष्ण घिमिरे भुषण र गोपालकृष्ण घिमिरेले लगायत १५ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

    आलमपक्षका वकिलहरुले बहसको क्रममा प्रहरीले निराधार मुद्दा दर्ता गरेर दुःख दिएको टिप्पणी गर्दै जनताबाट निर्वाचित पूर्वमन्त्री समेत रहेका आलमलाई अदालतले साधारण तारेखमा रिहा गरेर मुद्दाको छानबिन हुनुपर्नेमा जोड दिएका थिए ।

    यता, पीडितपक्षका वकिलहरुले दजैनौँ मानिसलाई जिउँदै जलाएर हत्या गरेको आभियोग लागेका आलमलाई हिरासतबाहिर राखेमा प्रमाणहरु नष्ट हुनुका साथै सरकारी गवाह प्रभावित हुने जिकिर गर्दै आलमलाई पुर्पक्षका लागि कागागार चलान गरी घटनाको मुद्दा प्रकृया अगाडी बढाउन माग गरेका थिए ।

    २०६४ चैत्र २७ गते राजपुर फरहदवास्थित बमकाण्डका घाइते त्रिलोक प्रताप सिंह ‘पिन्टु’ र ओसी अख्तरसहित दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएको आरोपमा सर्वोच्च अदालतको आदेशपछि प्रहरी प्रधान कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले आलमलाई गत असोज २६ गते प्रहरीले पक्राउ गरी कानुनी प्रक्रिया अगाडी बढाएको थियो ।

    प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विष्फोटक पदार्थसम्बन्धि गरी आलममाथि तीनवटा मुद्दा दर्ता गरी सरकारी वकिल खडिन्द्रराज कटुवाल मार्फत ३२ वर्षको कैद सजायको मागसहित जिल्ला अदालतमा प्रतिवेदन तथा अभियोगपत्र दर्ता गरेका थिए ।

    आज फैसला आउने आशमा आलमपक्षका सैयौंमानिस गौरमा जम्मा भएका छन । फैसलापछि कुनै अप्रिय घटना हुन नदिन प्रहरीले पनि विशेष सजगता अपनाएको छ ।आज बिहानैदेखि गौर प्रवेश गर्ने सबै सवारीसाधन कडाइका साथ खानतलासी गरिरएको छ भने सदरमुकाम र अदालत परिसरमा व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग
  • वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड
  • ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी
  • आज सोमवारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    News

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    News

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑