कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सारियो
वीरगंज संजाल
२८ कार्तिक २०७६, बिहीबार १९:३१
५११९
पर्साको कालिकामाई गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरमा सरेको छ । वडा नं. १ मुडलीबाट संचालन हुदै आएको गाउँ कार्यपालिकाको कार्यालय वडा नं. ३ हरिहरपुरमा सरेको हो ।वडा नं. ३ को कार्यालय नजिकै रहेको एक भवनमा सारी वडा कार्यालय कै भवनमा आज देखी विध्वत गाउँ कार्यपालिकाको कार्यालय संचालनमा आएको वडा नं. ५ का वडाध्यक्ष पवन तिवारीले वताउनु भयो । केही दिन पहिला देखी नै वडा कार्यालयको भवनलाई गाउँ कार्यपालिकाको कार्यालय संचालनको लागि मर्मत तथा रंग रोहनको काम थालिएको थियो । काम पुरा भए लगतै गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहाद्वारा रिबन काटी उदघाटन भए पछि विध्वत कार्यालय संचालनमा आएको वडाध्यक्ष तिवारीले जानकारी गराउनु भयो ।
कार्यालय शुभारम्भ कार्यक्रममा प्रमुख प्रशासकिय अधकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष संजय कुमार पटेल लगायत कर्मचारी र केही स्थानियहरुको सहभागिता रहेको थियो ।गाउँ कार्यापालिकाको बहुमत सदस्यले ढेड बर्ष पहिला नै हरिहरपुर स्थित रहेको कालिकामाई मन्दिर नजिक गाउँ कार्यपालिकाको कार्यालय सार्न निर्णय गरेको थियो ।
सो निर्णयलाई आधार मानी संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले गाउँ कार्यपालिकाको कार्यालय मुडलीबाट हरिहरपुरको सरेको राज पत्रमा प्रकाशित समेत गरि सकेको छ । तर मुडलीको जनप्रतिनिधि सहितको स्थानियहरुको विरोधका कारण कार्यालय मुडलीबाट सार्न सकिएको थिएन ।
बिरोध गर्नेहरुले गाउँ कार्यपालिकाको कार्यालय सार्ने निर्णय विरुद्ध हालेको मुद्दा हाल वचारधिन अवस्थामा रहेको वताइएको छ ।