• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    प्रमाणपत्र एउटाको, औषधि बेच्ने अर्कै

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७६, आईतवार ०८:०३
  • ५७२७

    काठमाडौं । औषधिसम्बन्धी जानकारी नभएका व्यक्तिले सर्वसाधारणलाई त्यसको बिक्री गर्ने गरेको पाइएको छ । औषधि व्यवस्था विभागले देशभरका ३ हजार ४ सय ४ फार्मेसीमा गरेको निरीक्षणबाट यस्तो तथ्य बाहिरिएको हो ।

    अनुगमन गरिएकामध्ये ६ सय ६२ फार्मेसीमा प्रमाणपत्र एउटाको र बिक्री गर्ने व्यक्ति अर्कै राख्ने गरेको पाइएको विभागले जानकारी दिएको छ । यसअनुसार १९ प्रतिशत फार्मेसी अर्काको प्रमाणपत्र लिई चलाएको प्रस्टिन्छ । औषधि ऐनअनुसार फार्मेसी जसका नाममा दर्ता छ, उही व्यक्तिले औषधि बेच्नुपर्छ । ‘केही व्यवसायीले भने आफू नबसी औषधिसम्बन्धी सामान्य जानकारीसमेत नभएका व्यक्तिलाई फार्मेसीको जिम्मा दिएको पायौं,’ विभागका निमित्त महानिर्देशक पानबहादुर क्षत्रीले भने, ‘प्रमाणपत्र रहेका व्यक्तिका आफन्त फार्मेसीमा बस्ने गरेको पायौं, जसमा औषधिसम्बन्धी जानकारी छैन ।’ औषधिजस्तो संवेदनशील वस्तुको बिक्री अदक्ष व्यक्तिबाट हुँदा जनस्वास्थ्यमा गम्भीर असर पर्ने उनले बताए ।

    आजको कान्तिपुरमा खबर छ–अनुगमनमा भेटिएको प्रमाणका आधारमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । ‘कसैलाई निश्चित समय पसल सञ्चालन गर्न रोक लगाएका छौं,’ उनले भने, ‘केहीलाई मुद्दासमेत चलाएका छौं ।’ औषधि ऐनविपरीत फार्मेसी सञ्चालन गर्ने १ सय १३ फार्मेसीलाई कारबाही गरिएको विभागले जानकारी दिएको छ । कारबाहीमा परेर ४० फार्मेसी बन्द भएको विभागका निमित्त महानिर्देशक क्षत्रीले बताए । ५९ फार्मेसीलाई बढीमा ६ महिनासम्म सञ्चालन गर्न नपाउने र १४ फार्मेसीमाथि मुद्दा चलिरहेको उनको भनाइ छ । ५० वटा फार्मेसी दर्ता नभई चलेको भेटिएको थियो । काठमाडौं, नेपालगन्ज, वीरगन्ज र विराटनगरका केही फार्मेसी त्यसरी चलेको पाइएको उनले बताए ।

    ‘केही फार्मेसीले दर्ताबिनाका औषधि पनि बेच्ने गरेका रहेछन्,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने, ‘विभागबाट अनुमति नलिएका औषधि बेच्ने १ सय १५ फार्मेसी पनि कारबाहीमा परेका छन् ।’ दर्ताबिनाका औषधि भेटिएमा ती औषधि जफत गर्ने र फेरि यस्ता औषधि नराख्न चेतावनी दिएको क्षत्रीको भनाइ छ । ‘भारतसँग खुला सिमाना भएकाले दर्ताबिनै औषधि भित्रिइरहेका छन् । यस्ता औषधि नियन्त्रण गर्न विभागलाई ठूलै
    चुनौती छ,’ उनले भने ।

    औषधि ऐन २०३५ अनुसार फार्मेसीले ‘नार्कोटिक’ (लागूऔषधमा प्रयोग हुन सक्ने औषधि) बेच्दा छुट्टै सूची बनाउनुपर्छ । तर पनि केही फार्मेसीले नियम मिचेका छन् । नियम मिच्ने २ सय १३ फार्मेसी पनि कारबाहीमा परेका छन् । ‘यस्ता औषधि किन्ने बिरामी, प्रेस्क्राइब गर्ने चिकित्सक र औषधिको मात्रा सबैको विस्तृत रेकर्ड फार्मेसीले राख्नुपर्छ । केही फार्मेसीले यो नियम नमानेको पाइयो,’ विभागका सूचना अधिकारी सन्तोष केसीले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑