वीरगञ्ज । विभिन्न खाद्यान्न लगायत अन्य घरेलु तथा नीजि बस्तु हरुको व्यापक तस्करीको अघोषित लाईन दिएको पर्सा प्रहरीले पर्साको वीरगञ्जबाट २ सय ३० किलो अवैध केराउ नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. २ ईदगाह चोकबाट केराउ नियन्त्रणमा लिइएको हो बरामद गरिएको केराउ आवेश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
तेस्रो मुलुकबाट ल्याएर सीमा क्षेत्रमा राखी गैरकानुनी तवरले केराउ नेपालबाट भारततर्फ ओसार पसार गर्ने गरिएको छ । सीमाक्षेत्रमा पर्ने अलौं, सिर्सियाको आईसीपीको छेउको बाटो भएर अहिले सयौंको संख्यामा साईकल, मोटरसाईकलबाट रातभरी मालसामान पर्सा प्रहरी तथा सशस्त्रको संरक्षणमा तस्करी भईरहेको बेला पसर्सा प्रीले २ सय ३० किलो केराउ जफत गरेर ठूलै उपलब्धी हासिल गरेको छ । सीमा क्षेत्रबाट कपडा, मरिच, केराउ आदि
बस्तुहरुको व्यापक तस्करी भईरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। पहिला प्रति क्विन्टल केराउ ढूवानी गर्दा तस्करहरुलाई रु. २८०० सम्म आम्दानी हुने गर्दथ्यो भने यो लाईनमा पनि प्रतिष्पर्धीहरुको कारण अहिले १८०० आम्दानी हुने गरेको एक तस्करको गुनासो छ । तस्करीमा प्रतिष्पर्धी धेरै भएको अवस्थामा पर्सा प्रहरीको आम्दानी पनि बढेको श्रोतले जनाएको छ ।
एकातर्फ तस्करहरुबाट रकम असुल गरी तस्करीको अनुमती दिने र अर्कोतर्फ देखावटका लागि झिनो सामान पतक्राउ गरी पर्सा प्रहरीले स्वयंको विज्ञापन गराईरहेको देखेर तस्करहरु समेत छक्क परेका छन् । स्मरण रहोस् विगतको तुलनामा अहिले तस्करी, हत्या, आत्महत्या तथा लुटपाट जस्ता गतिविधिहरुको अनुपात दिनानुदिन बढीरहेको अवस्थामा पर्सा प्रहरी तस्करहरुलाई प्रोत्साहित गरी यथासम्भव नगद आर्जन गर्ने तर्फ उन्मुख देखिनुले पर्सा प्रहरीको साख कमजोर हुनुका साथै आगामी दिन तस्करहरुका लागि सुनौलो देखिन्छ ।