वीरगंज–पथलैया व्यापारिक मार्गको कछुवा चाल, सवा दुई वर्षमा ६० प्रतिशत काम मात्र
वीरगंज संजाल
१९ कार्तिक २०७६, मंगलवार १४:४७
३३०५
वीरगंज | वीरगंज–पथलैया ६ लेन सडकको कामले तीव्रता लिन सकेको छैन । सडक निर्माण शुरू भएको सवा दुई वर्षमा ६० प्रतिशत काम मात्र सम्पन्न भएको छ ।२०७३ असार २९ गते शुरू भएको यो योजना २०७५ पुस २८ गते (तीस महीना)भित्र पूरा गर्नुपर्ने थियो । तर तोकिएको समयमा काम नभएपछि अहिले २०७७ असार मसान्तसम्म काम सम्पन्न गर्न अन्तिमपटक म्याद थप गरिएको छ । तोकिएको समयमा यथावस्था सरह काम भएको खण्डमा सम्पन्न हुने लक्षण देखिंदैन ।
जीतपुर–परवानीपुरको अतिक्रमण हटाइए पनि त्यहाँ निर्माण कार्यले गति लिन सकेको छैन । यसैगरी, पथलैयादेखि सिमरासम्मको सडकखण्डमा पनि खासै प्रगति देखिंदैन । कतैतिर मात्र चार लेनको सडक सम्पन्न भएको छ भने थप दुई लेनको सडक बनाउने कार्य भइरहेको छ ।सिमरादेखि जीतपुर, परवानीपुर, गण्डक क्षेत्रसम्मको अवस्था कहालीलाग्दो छ । कतै पिच बनेको छ, कतै ग्रेभल बिच्छ्याइएको छ भने कतै काम नै शुरू भएको छैन । ६ लेन सडक निर्माणको लागि गण्डकदेखि पथलैयासम्म दुवैतर्पm नाला बनाएर सीमा निर्धारण गर्ने काम भने जोडतोडले भइरहेको छ । निर्धारित ठाउँमा पुनः अतिक्रमण नहोस् भनेर नाला निर्माणलाई तीव्रता दिइए पनि सडक, पूmटपाथको काम भने निकै सुस्त गतिमा चलिरहेको छ ।
व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया) अन्तर्गत पथलैया–परवानीपुर–श्रीसिया सुक्खा बन्दरगाह, एकीकृत चेकपोस्टसम्म २६.४४ किमी ६ लेन र परवानीपुर–गण्डकचोक–वीरगंजसम्म ४.२५ किमी चार लेन सडक तथा पुल निर्माणको लागि ७ प्याकेजमा रु ५ अर्ब २० करोडमा ठेक्का सम्झौता भएको थियो ।तोकिएको समयमा काम पूरा नभए कारबाई गर्ने योजनाको कार्यालयले जनाउँदै आएको छ । तर कामलाई तीव्रता दिने सन्दर्भमा भने ठेकेदार कम्पनीलाई खासै दबाब दिएको पाइएको छैन ।
सडक विभागले हेटौंडादेखि वीरगंजको मितेरीपुलसम्म सडक फराकिलो गर्ने सूचना जारी गरे अनुसार पथलैयादेखि हेटौंडासम्मको क्षेत्रमा सडक विस्तार शुरू छ । हेटौंडा र वीरगंजबाहेक अमलेखगंज, तीन नम्बर पुललगायतका क्षेत्रमा अतिक्रमण हटाउने कार्य शुरू छ । एक्साभेटरको प्रयोग गरेर निर्धारित सीमासम्मको अतिक्रमण हटाउने कार्य भइरहेको छ । हेटौंडा र वीरगंजको सन्दर्भमा भने राजनीतिक र व्यापारिक दबाबको कारण टुङ्गो लागेको छैन ।
प्रदेश नं ३ सरकारले हेटौंडाको सन्दर्भमा १६ मिटर अतिक्रमण हटाउने अडान गरेको कारण त्यहाँ सडक फराकिलो गर्ने काम ठप्प छ । यसैगरी, वीरगंजमा महानगरपालिकाले १५/१५ मिटर फराकिलो गर्ने अडान र व्यापारीहरूले राजनीतिक दबाबसँगै सर्वोच्चमा गुहार लगाएको कारण कात्तिक २४ गतेसम्मको लागि सडक फराकिलो गर्ने काम ठप्प भएको छ ।यसअघि गण्डकदेखि मितेरीपुलसम्म व्यापारिक मार्ग विस्तार योजना (वीरगंज–पथलैया)ले नापजोख गर्ने, सो क्ष्Fेत्रमा परेका सरकारी कार्यालयहरूलाई अतिक्रमण हटाउन पत्राचार गरिसकेको छ ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले छठभित्र वीरगंजको अनुगमन गर्ने आश्वासन दिए पनि अहिलेसम्म उनको आगमन र अनुगमन भएको छैन । साभार प्रतीक दैनिक