• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कालंगा हाइड्राेपावरकाे सुरुङभित्र फसेका चारै जना मजदुर मृत अवस्थामा भेटिए

  • वीरगंज संजाल
  • १९ कार्तिक २०७६, मंगलवार १४:३१
  • ३७०७

    बझाङ | बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् ।आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो ।  सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा आएको चार जनाको उद्धार टोलीले सुरु भित्र फसेका तीन जना मजदुरको शव सोमबार बेलुका ७ बजे निकालेको थियो । थप एक जनाको शव मंगलबार दिउँसो साढे एक बजे निकालिएको आश्रीत नम्बर एक गुल्म बझाङका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेश शाहले जानकारी दिनुभयो ।

    आइतबार सुरुङभित्र पसेका दैलेख जिल्लाको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, त्यही ठाउँका कर्ण शाही र अछामको तुर्माखाँद गाउँपालिका ६ का २८ वर्षीय महेन्द्र साउदको शव सोमबार निकालिएको थियो । बझाङ जिल्ला बुंगल नगरपालिका वडा नम्बर १ का ३५ वर्षीय शेरसिंह धामीको शव मंगलबार दिउँसो निकालिएको उद्धार टोलीका प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक भवराज कटुवालले जानकारी दिनुभयो ।धामीको शव सुरुङको मुखबाट १३ सय मिटर पर फेला परेको उहाँको भनाइ छ । अन्य तीन जनाको शव भने १२ सय मिटर पर फेला परेको थियो । सुरुङभित्र झण्डै तीन सय मिटर पर मास्क मात्रै लगाएर जान सकिने भए पनि त्योभन्दा पर भने अक्सिजनसहित जान पर्ने कटुवालले बताउनुभयो । सुरुङभित्र अक्सिजन नभएका कारण उनीहरुको निसास्सिएर  मृत्यु भएको उहाँको भनाइ छ ।

    आफूहरुलाई पनि उद्धार गर्दा  निकै समस्या भएको बताउँदै सुरुङभित्र जाँदा आँखा पोल्ने, रिगँटा चल्ने र आफूसँग भएको अक्सिजन छिटोछिटो सकिने समस्या भएको उहाँले जानकारी दिनुभयो ।उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको टोली खटिएको थियो । सुरुङ भत्र भने सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको नेतृत्वमा सशस्त्र प्रहरी निरीक्षक विरेन्द्र बम, हवल्दार शिवहरि अधिकारी र सहायक हवल्दार ललित खाम्चा गएका थिए ।मृतक चारै जनाको शव पोस्टमर्टमका लागि जिल्ला अस्पताल बझाङ ल्याउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) गणेशबहादुर बमले जानकारी दिनुभयो । साथै उद्धारमा खटिएको टोलीका लागि हेलिकप्टर मगाइएको र अबको केही समयमा त्यो टोली फिर्ता हुने उहाँले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार
  • पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतको उत्तराखण्डमा बन्धक बनाइएका ३५ नेपालीहरूको उद्धार

    News

    पटनी चौकमा जिप र मोटरसाइकल ठोक्किँदा भीषण दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु

    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑