• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मुख्य समाचार

    दुबइको म्युजियम विश्वकै सबैभन्दा जटिल संरचना

  • वीरगंज संजाल
  • १५ कार्तिक २०७६, शुक्रबार ०७:४४
  • ३५६३

    बीबीसी । दुबइमा निर्माण भइरहेको एउटा संग्राहलयलाई ‘द म्युजियम अफ फ्युचर’ अर्थात भविष्यको संरचनाको नाम दिइएको छ, जुन हालसम्मकै सबैभन्दा जटिल परियोजना रहेको बताइएको छ । उस्तै देखिने अग्ला भवनहरुको माझमा निर्माणधीन अवस्थामा रहेको सो अनौठो संरचनालाई पहिलोपटक हेर्ने जोकोहिले पनि अचम्म मान्ने गरेका छन् । २०२० अक्टोबरमा दुबइमा हुने वर्ल्ड एक्पोमा यस ऐतिहासिक म्युजियमको उद्घाटन गरिने बताइएको छ ।

    यसरी आर्किटेक्चरको दृष्टिकोणबाट  हेर्दा सो म्युजियमको आकृतिले नै त्यसलाई भविष्यको संरचनाका रुपमा प्रस्तुत गराउने बताइएको छ । डिजाइनरहरुले उक्त भवनको आकार साधारण मानिसहरुलाई व्याख्या गर्नै कठिन हुने गरेको बताउँदै आएका छन् । किनकी यसअघि त्यस्तो जटिल संरचना कहिल्यै नबनेको बताइएको छ ।

    स्थानीय आर्किटेक्चरल कम्पनी किला डिजाइनले २०१५ मा मात्र उक्त म्युजियमका लागि ‘डिजाइन कम्पिटिसन’ जितेको थियो । आर्किटेकहरुका अनुसार संरचनाको ठोस भागले आजको पीढीको ज्ञानलाई प्रीतनिधित्व गर्दछ । त्यस्तै भवनका बाहिरी संरचनामा भने दुबाइका शाषक शेख मोहोम्मद बिन रसिद अल मक्तोमका कविताका पंङ्क्तिहरु खोपिएको छ । ‘कर्सिभ स्क्रिप्ट’ मा झ्यालमा कुँदिएका अक्षरहरुलाई १४ किलोमिटरसम्म पुग्ने ‘एलइडी लाइटिङ’ ले झन सुन्दर दृश्य प्रदान गर्ने बताइएको छ ।

    यस परियोजनाका प्रमुख सल्लाहकार, बेलायतको ब्युरो हप्लोइड इन्जिनियरिङका अनुसार यस किसिमको जटिल डिजाइन गणितीय, ‘एल्गोरिदमिक सोच’ बिना कदापी सम्भव थिएन । यस्ता ‘थ्री डाइमेन्सनल’ मोडलमा आधारित प्रविधियुक्त निर्माण परियोजनाको आविस्कार धेरै अगाडि भएपनि यसलाई धेरैपछि अपनाइएको हो जसकारण नै यस किसिमका भवनहरु अत्यन्तै कम छन् । यसका लागि पूर्ण डिजिटल वातावरण आवश्यक रहेको परियोजनाकी अध्यक्ष टोबिआस बोली बताउँछन् । त्यसैले प्रविधिक विकासले नै यो अति जटिल पििरयोजनालाई सफल बनाएको उनको भनाइ छ ।

    यसरी म्युजियमको ६० देखि ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । तर साइटमा अहिले थोरै कामदारहरु देखिएपनि पर्दा पछाडि विज्ञहरुले यस जटिल इन्जिनियरिङमा रातदिन लगाएर काम गरिरहेको बताइएको छ । बोलीले भनेका छन्, ‘हामीले पहिलो प्यानल त्यहाँ फिट गरिसकेर त्यो म्याच हुँदाको खुसी कसैलाई बयान गर्न पनि सक्दैनौँ । किनकी एउटा कुरा नमिलेको भए हामीले सुरु देखि काम गर्नुुपर्ने हुन्थ्यो ।”

    यति मात्र नभएर यस म्युजियम अफ फ्युचरले स्वस्थ्य क्षेत्र, जलवायु परिवर्तन, खानेकुरा र सुरक्षाका क्षेत्रमा प्रविधिले केकस्ता परिवर्तन ल्याइरहेको छ भन्ने विषयमा पनि प्रकाश पार्ने बताइएको छ । कार्यकारी निर्देशक लाथ कार्लसन भन्छन्, “हामी भविष्यका उपकरण भनेर चम्किला ग्याजेटमा मात्र केन्द्रित छैनौँ । वास्तवमा हामी मानिसको ऐतिहासिक यात्रामाथि सबैको ध्यान केन्द्रित गर्न चाहान्छौँ र यो वास्तविक कथा हुनेछ । ”

    एउटा तलामा पुरुै भविष्यका ग्याजेटहरु प्रदर्शन गरिने भएपनि तिनीहरु मानव जातिलाई लाभ पुर्याउने प्रविधिमै आधारित हुने बताइएको छ । म्युजियमले दिर्गकालीन उपभोगको अत्यन्तै प्रभावकारी नमुना प्रस्तुत गर्ने दाबी समेत गरेको छ जहाँ अधिाकांश उपकरणदेखि खानेकुरा सम्म वातावरण अनुकूल हुने बताइएको हो । त्यसैगरी सौर्य ऊर्जालाई कसरी उपयोग गर्ने , वस्तुहरुको रिसाइकल, रियुज लगायतका चुनौतिहरुको रचनात्मक तरिकाले व्यवहारिक समाधान गर्ने तरिकाहरु पनि देखाइनेछ ।

    त्यस्तै भर्चुअल रियालिटीयुक्त प्रविधिहरु पनि देख्न पाइनेछ । कार्लसन भन्छन्, ‘यो कुनै साधारण संग्राहलय हुने छैन जहाँ पर्यटकहरुले एउटा बाकस भित्र नाम लेखि राखिएको पुरानो वस्तु अवलोकन गरि जानेछन्, किनकी मुख्य ग्यालरीमा लेबल गरिएका सामग्री कमै हुनेछन् । वास्तवमा हामी यहाँ भ्रमण गर्न आउनेहरुलाई अविस्मरणीय अनुभव दिलाउन प्रतिबद्ध रहनेछौँ । ”

    यस म्युजियम अफ फ्युचरले वार्षिक १० लाख विदेशी पर्यटक भित्र्याउने अपेक्षा गरिएको छ । यस्तोमा निर्माण टोलीले उद्घाटनमा हतार नगरि प्रभावकारी प्रस्तुति दिन आफूहरु समर्पित भएर लागिरहेको बताएका हुन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑