बारामा कपडा व्यापारीबाट घुस लिँदै गरेको अवस्थामा प्रहरी पक्राउ
वीरगंज संजाल
१४ कार्तिक २०७६, बिहीबार २२:१२
६२६३
बारा ।अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौंडाले ६० हजार रुपैयाँ घुससहित बाराको महागढीमाई नगरपालिकास्थित गञ्जभवानीपुर प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक जटाशंकरप्रसाद कलवारलाई समातेको हो।तस्करी खोलिदिने भन्दै कपडा व्यापारीबाट घुस लिँदै गरेको अवस्थामा बारामा प्रहरी र्नै अख्तियारको फन्दामा परेका छन ।
नाम नखुलेको एक कपडा व्यपारीले घुस रकम दिँदै गरेको अवस्थामा सादा पोशाकमा खटिएको अख्तियारको टोलीले कलैया उपमहानगरपालिका १ मैदामिल नजिकैबाट कलवारलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।
प्रहरी चौकी गञ्जभवानीपुरका इन्चार्ज जटाशंकर प्रसाद कलवारलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको आफूले पनि जानकारी पाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक विकासराज खनालले बताए ।