• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    प्रधानमन्त्रीको आज पनि डायलासिस: अझै केही दिन अस्पतालमै बस्नुपर्ने

  • वीरगंज संजाल
  • १४ कार्तिक २०७६, बिहीबार ०९:०५
  • ९४९

    Shares

    काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ ।बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ ।

    तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले निकालेको विज्ञप्तिमा भने डायलासिसबारे केही भनिएको छैन ।

    बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ ।

    तर अस्पतालका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उहाँ अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । ती डाक्टरले प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उहाँलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् ।

    प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि उहाँले नियमित स्वास्थ्य जाँच गराउँदै आउनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो । तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उहाँको स्वास्थ्य जाँच हुन थालेको हो ।

    यसअघि गएको साउन र भदौमा प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार भएको थियो । त्यतिबेला शरीरबाट ‘एन्टिबडी’ हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो

    मिर्गौला प्रत्यारोपणपछि ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन डाक्टरले सुझाव दिँदै आएका छन् । तर उहाँ नियमित भेटघाट र अरु कार्यक्रममा सक्रिय सहभागी हुँदै आउनुभएको छ । तिहारमा पनि उहाँ सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएको थियो ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने
  • पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका
  • बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने
  • मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    पब्लिक एफ.एमको आयोजनामा शनिबार कुम्हाल टोलमा अन्तरक्रिया सम्पन्न

    चिसोका कारण वीरगञ्जका सम्पूर्ण विद्यालय तिन दिनका लागि बन्द

    आज आइतवार- ०४ माघ २०७७ को राशिफल

    ट्रान्सपोर्ट एशोसिएशन वीरगञ्जको अध्यक्षमा पोखरेल निर्विरोध

    नेपाल यूवा संघको छिपहरमाई गाउँपालिका वडा १ मा वडा स्तरि कमिटी गठन

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    समाचार
    News

    ह्वाट्सएपको गोपनीयता नीति ४ महिनापछि मात्रै लागू हुने

    News

    पुरानो ल्यापटपलाई ‘स्पीड अप’ गर्न जान्नैपर्ने ६ तरिका

    News

    बृहस्पति अस्त सुरु : अब यो वर्षभर धार्मिक कार्य गर्न नहुने

    News

    मकवानपुरको मनहरीमा जंगली जनावरको आत‌ंक

    News

    फाइबर इन्टरनेट प्रयोगकर्ताको संख्या १० लाख नाघ्यो


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑