चार अर्ब ८० करोड बराबरको २० रुपैयाँको नोट छाप्न बोलपत्र आह्वान
वीरगंज संजाल
९ कार्तिक २०७६, शनिबार १४:४१
४५३१
काठमाडौं | नेपाल राष्ट्र बैंकले चार अर्ब ८० करोड बराबरको २० रुपैयाँ नोट छाप्नको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। बैंकले २० रुपैयाँका २४ करोड थान नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको हो। राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै सार्वजनिक खरिद नियमावलीले गरेको व्यवस्था बमोजिम बोलपत्र आह्वान गरेको छ।
नोट छपाइका लागि बोलपत्र प्रक्रिया सुरु भएसँगै वार्षिक कार्ययोजना पनि अघि बढेको हो। निश्चित प्रक्रिया पूरा गरेका बैंक नोट प्रिन्टिङ कम्पनी तथा सेक्युरिटी प्रिन्टिङ कम्पनीहरुले आगामी डिसेम्बर १० सम्ममा बोलपत्र पेस गर्न सक्नेछन्। राष्ट्र बैंकको चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना तथा बजेटमा नयाँ नोट छपाइसम्बन्धी प्रक्रिया अघि बढाएने कुरा उल्लेख गरेको थियो।