श्रम आपूर्तिकर्ताको इजाजत लिन उद्योगहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरी, आन्तरिक राजश्व कार्यालयमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्छ । त्यसपछि १५ लाख रुपैयाँ धरौटी राखेर श्रम विभाग वा श्रम कार्यालयहरुमा दर्ता भई इजाजपत्र लिन पाउँछन् । तर, जिल्लाका अधिकांश उद्योगहरुले सरकारी प्रक्रिया पूरा नगरी श्रमिक आपूर्ति गरिरहेको भेटिएको हो ।