आलम प्रकरण : मुद्दा फिर्ता लिन पीडितलाई १० लाखको प्रलोभन
वीरगंज संजाल
६ कार्तिक २०७६, बुधबार १०:४१
३२११
रौतहट | मोहम्मद अफताब आलम पक्षधरले मुद्दा फिर्ता लिन पीडितलाई प्रलोभन देखाउन थालेको छ। श्रीनारायण सिंहलाई १० लाख रुपैयाँ लिएर पछि हट्न दबाब आइरहेको खुलेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। ‘पैसा लिई मिलापत्र गर्न धेरै किसिमका प्रलोभन आइरहको छन्,’ उनले भने, ‘मैले हुँदैन भनेको छु। के मैलै खसीबाख्रा पालेको थिएँ र? छोरो जन्माएर पालेको थिएँ हजुर।’ आलम छुटेर आए आफू र परिवारको सदस्यको ज्यान जोखिममा पर्ने उनको भनाइ छ।