विराटनगर । प्रतिबन्धित खैरो हेरोइनसहित मोरङमा पाँचजना पक्राउ परेका छन् । जिल्ला प्रहरीकार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका र केराबारी गाउँपलालिकाबाट उनीहरु पक्राउ परेका हुन ।
विराटनगर १५ स्थित १ नम्बर ढाटबाट खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन् । चेकजाँचका क्रममा प्रहरीको टोलीले बेलबारी नगरपालिका ६ बस्ने वर्ष ४० को सिद्धी गिरीलाई ५ ग्राम २ सय ५० मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीले गिरीको विषयमा थप अनुसन्धान गरिरहेको छ ।
उता, इप्रका केराबारीबाट गस्तीमा खटिएको प्रहरीको टोलीले केराबारी गाउँपालिका ७ बीचटोल बस्ने करण मगरको घरमा लागु औषध सेवन गरिरहेको अवस्थामा वर्ष २० को करण मगर, वर्ष २२ को संदेश चौधरी, वर्ष १९ को शुसील खेवा र वर्ष १९ को विशाल चेम्जोङलाई ५सय मिलीग्राम खैरो हेरोइनसहित पक्राउ गरेको छ ।