• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / देश

    पर्सा नाकाबाट एक वर्षमा ३३१ चेलिबेटीको उद्धार

  • वीरगंज संजाल
  • ३० आश्विन २०७६, बिहीबार २२:५१
  • १०८३

    Shares

    वीरगञ्ज । विभिन्न बाहानामा नेपाली चेलीलाई ललाई–फकाई भारतका विभिन्न शहरहरुमा पुर्‍याउने क्रम रोकिएको छैन । । देशको मुख्य नाका वीरगञ्जबाट मात्र नभएर ठोरी लगायत पर्सा जिल्लाका अन्य छोटी सीमा नाकाबाट पनि नेपाली चेलीहरु भारत पुर्‍याउने गरिएको छ ।

    चेलिबेटी बेचविखनका केही उदाहरणहरु हेरौं–

    घटना १https://www.youtube.com/watch?v=flaS3SfSXNQ

    सीमाक्षेत्रमा निगरानीका लागि खटिएको माइती नेपालको टोलीले गत असार १२ गते वीरगञ्ज भन्सार क्षेत्रबाट २० बर्षीया किशोरीको उद्धार गर्‍यो। भारतको मोतिहारी घर भएका फिरोज खान भन्नेसँग उनी रक्सौलतर्फ जाँदै थिइन् । कीर्तिपुर–१५ भुताखेल घर भएकी उनकी आमाको मृत्यु भएपछि बुवाले सौतेनी आमा ल्याएका थिए । उनलाई सौतेनी आमाले माया नगर्ने भएकाले घरमा बस्न मन थिएन ।

    घर बनाउने ठाउँमा मजदुरी गर्ने फिरोज खानसँग ३/४ महिनाअघि मात्रै चिनजान भएको थियो । दाइकी छोरी विरामी भएकाले म घर जान लागेको, हिँड घुमेर आउँ भनी फिरोजले भन्दा उनी सजिलै जान तयार भइन् । बेचविखनमा पर्न सक्ने सम्भावना देखिएपछि उनलाई उद्धार गरेर माइती नेपालले आफन्तको जिम्मा लगायो ।

    घटना २https://www.youtube.com/watch?v=flaS3SfSXNQ

    विहारको मोतिहारी पूर्वी चम्पारण हरपुर थाना ग्राम पञ्चायत श्यामपुर उचिडी गाउँ वडा नं. १ बस्ने २९ बर्षीय सुरेन्द्र सहनी र सिरहा माइतीघर भई हाल सप्तरी बस्ने वर्ष २५ की दुलारी देवी दासविरुद्ध पर्सा जिल्ला अदालतमा ०७५ चैत १२ गते मानव वेचविखन तथा ओसार पसारविरुद्ध मुद्दा दर्ता भयो ।

    तीनजना किशोरीलाई ललाई फकाई, झुक्याई बेच्न खोजेको आरोप उनीहरु विरुद्ध लागेको छ । उनीहरुले किशोरीहरुलाई ‘वीरगञ्जमा डान्स गर्न हिँड त्यहाँ मेरो मान्छे छ, उ ठूलो मान्छे हो, सबैले चिन्छन्, डान्स प्रोग्राम गर्छ, पछि गएर ठूलो मान्छे बन्छ, वीरगञ्जमा बस्ने कोठा, खाने, लगाउने व्यवस्था समेत उसैले गर्छ भनी किशोरीलाई दलालहरुले फकाएका रहेछन् ।

    तीनैजना किशोरीलाई भारतको रक्सौलतर्फ लाँदै गरेको अवस्थामा आफन्त नेपाल संस्थाबाट खटिएको निगरानी टोलीले सोधपुछ गर्दा शंकास्पद कुरा आएपछि प्रहरीलाई खबर गरी उनीहरुको उद्धार गरी, सुरेन्द्र र दुलारीदेवी दासविरुद्ध मुद्धा दर्ता गरिएको थियो ।

    घटना ३https://www.youtube.com/watch?v=flaS3SfSXNQ

    ९ चैत २०७५ मा सल्यान बागचौर नगरपालिका वडा नं ७ बीने २० बर्षीय र २१ बर्षीय दुईजना किशोरीहरुलाई भारतको रक्सौलतर्फ जाँदै गरेको अवस्थामा वीरगञ्जमा रोकियो । वीरगञ्जमा रहेको सरकारी एचडी कम्पनीमा व्यवस्थापक, लेखापालमा जागिर लगाइदिन्छु भनी उनीहरुलाई वीरगञ्ज बोलाइएको थियो । कम्पनीको अफिस वीरगञ्जबाट २ घण्टाको दुरीमा छ भनी उनीहरुलाई सीमानाका कटाउन खोजिएको रहेछ ।

    आफन्त नेपाल संस्थाबाट निगरानीमा खटिएको टोलीले सोधपुछको क्रममा उनीहरुलाई भ्रममा राखिएको थाहा पाएपछि प्रहरीको सहयोगमा उद्धार गरिएको थियो । उनीहरुलाई भारत लैजान खोज्ने बझाङ तल्कोट गाउँपालिका वडा नं.५ बस्ने २३ बर्षीय प्रकाश सिंह, २२ बर्षीय लक्ष्मण सिंह र सल्यान बनगाड कुपिन्डे नगरपालिका–७ बस्ने १७ बर्षीय सन्तोष के.सी.लाई पक्राउ गर्‍यो । उनीहरु विरुद्ध पर्सा जिल्ला अदालतमा मानव बेचविखन तथा ओसार प्रसार मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

    सीमा क्षेत्रमा निगरानीका लागि जनशक्ति परिचालन गरेर माइती नेपाल लगायतका केही गैरसरकारी संस्थाले भारततर्फ जान लागेका महिला तथा किशोरीलाई रोकेर सोधपुछ गर्छन् । शंकास्पद लागेको अवस्थामा उनीहरुलाई उद्धार गर्छन् ।

    सोधपुछका क्रममा रक्सौलमा बजार गर्न जान लागेका किशोरीहरु पनि पर्छन् । उनीहरुलाई झर्को पनि लाग्छ । माइती नेपाल, आफन्त नेपाल, साना हातहरु नेपाल जस्ता मानव बेचविखनका क्षेत्रमा काम गर्ने संघ संस्थाले सीमा क्षेत्रमा राखेको निगरानी केन्द्रले धेरै महिला, किशोरीलाई बेचविखनमा पर्नबाट जोगाएको छ । यी संस्थाले वीरगञ्ज बसपार्क, मुल भन्सार गेट, शंकाराचार्य गेट र ठोरीमा सूचना तथा परामर्श केन्द्र सञ्चालन गर्दै आएका छन् ।

    माइती नेपाल वीरगञ्जकी प्रमुख संगिता पुरी आर्थिक वर्ष ०७५/७६ मा मात्रै संस्थाले मानव बेचविखनको जोखिममा परेका ४३ जिल्लाका १ सय ८५ जनालाई सीमा क्षेत्रबाट उद्दार गरिएको बताउँछिन् । संस्थाले मानव बेचविखनमा संलग्न व्यक्तिहरु विरुद्ध दुई वटा मुद्दा दर्ता गरेको छ ।

    विगतमा पहाडी मूलका केटीहरु बढी आउने गरेकोमा पछिल्लो समयमा तराई मूलका केटीहरु पनि जोखिममा देखिएको शाखा प्रमुख पुरी बताउँछिन् । प्रेम विवाह गर्ने नाममा आकर्षक तलब दिने प्रलोभनमा पारेर, सामाजिक सञ्जालमार्फत सम्पर्कमा आएर महिलालाई प्रलोभनमा पारेर बेचविखनका लागि लैजान खोज्ने गरेको उनको अनुभव छ ।

    विभिन्न संघ संस्थाको सहयोगमा बाल श्रम, बेचविखनको जोखिममा रहेका, हराएका २८ जनालाई भारतमा फेलापारी नेपाल ल्याइएको छ । विभिन्न कारणले अलपत्र परेको अवस्थामा भेटिएका १२ जना भारतीय बालबालिका तथा किशोरीलाई नेपालबाट उद्धार गरेर भारतमा सम्बन्धित निकायलाई बुझाइएको माईती नेपालले जनाएको छ ।

    त्यसबाहेक संस्थाले एक वर्षमा २६ हजार २ सय ६० जनालाई मानव बेचविखनको जोखिमका बारेमा परामर्श समेत दिएको संस्थाको कार्यालय सहायक एलिशा श्रेष्ठले बताइन् ।

    त्यसैगरी आफन्त नेपालले बितेको एक वर्षमा वीरगञ्जबाट ६८ जिल्लाको १ सय १६ जना महिला तथा किशोरीलाई सीमा क्षेत्रबाट उद्धार गरेको जनाएको छ ।

    त्यस्तै साना हातहरु नामक संस्थाका पर्सा जिल्ला अध्यक्ष बाबुराम क्षेत्री गत वर्ष संस्थाले ३० जना चेलीहरुको उद्धार गरेको बताउँछन् ।

    तीन वर्षमा २० मुद्दा, २६ पक्राउhttps://www.youtube.com/watch?v=flaS3SfSXNQ

    पर्सा जिल्लामा पछिल्लो तीन वर्षमा २० वटा मानव बेचविखनको मुद्दा दर्ता भएको छ । २ जना विदेशीसहित २६ जना अभियुक्त पक्राउ परेका छन् भने अझै १९ जना फरार छन् । पक्राउ परेका र फरार मध्ये ८/८ जना महिला छन् । जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङक अनुसार प्रत्येक वर्ष ६/७ वटा मानव बेचविखनका मुद्दा अदालतमा दर्ता हुने गरेको छ ।

    माइती नेपाल वीरगञ्जकी प्रमुख गिरी जोखिममा परेका व्यक्तिले मुद्धा दर्ता गर्न नचाहाने, दलाल पक्राउ नपर्ने, आफन्त नै भएकोले छोडिदिनुस भन्ने, कानुनी कारबाही प्रक्रियालाई झन्झटिलो मान्ने लगायतका कारणले मुद्धा दर्ता कम हुने गरेको बताउँछिन् । आफन्त नेपालकी तिमल्सिनाको अनुभवमा मुद्दा दर्ता भइसकेपछि पनि जाहेरीवालाले बयान फेरिँदा दोषी उम्कने गरेका छन् ।

    अधिवक्ता कमल मोहन पोखरेल मानव बेचविखनको नाममा झुठा मुद्दा पनि दर्ता हुने गरेको बताउँछन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी अधिकारी चाहिँ प्रारम्भिक अनुसन्धानका क्रममा नियत गलत भएको स्पष्ट भएपछि मात्रै मुद्दा चलाउने गरेको बताउँछन् । प्रहरी स्रोत भन्छ, ‘अनुसन्धान गर्दा बेच्नै लान लागेको, खराब मनसाय देखिएकालाई मात्र मुद्दा दर्ता गर्छौं । होइन भने आफन्तलाई बोलाएर, काउन्सिल गरेर पठाउने गरेका छौं ।’ अनलाइन खवरबाटhttps://www.youtube.com/watch?v=flaS3SfSXNQ

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला
  • प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला
  • प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?
  • प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    प्रधानमन्त्री र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

    ग्रिनसिटि सामुदायिक सेवा केन्द्रद्वारा १८ औं चरणको वृक्षारोपन कार्यक्रम सम्पन्न

    देशैभरका कुखुरामा रानिखेत रोगको प्रकोप, के हो रानिखेत रोग ?

    दिवा खाजाको समितिबाट श्रीमतीकाे नाम हटाइएको भन्दै प्रधानाध्यापकमाथि हातपात

    प्यालेस्टाइन क्षेत्रमा भएको युद्ध अपराधबारे अनुसन्धान सुरु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    समाचार
    News

    महोत्तरीको जंगलमा एकैसाथ ५ दर्जन नीलगाई फेला

    News

    प्रधानमन्त्रीले प्रदेश २ का मुख्यमन्त्रीलाई भने–केपी ओलीलाई रोकेपनि पानी चाहिँ नरोक्नुहोला

    News

    प्रधानमन्त्रीलाई किन राखिन्छ विमानको अन्तिम सिटमा ?

    News

    प्रचण्ड–माधव समूह र कांग्रेसको निर्णय कुर्दै जसपा

    News

    विप्लव समूहले हिंसा छोड्यो, सरकारसँग ३ बुँदे सहमति


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑