काठमाडौं । कतारमा २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत समूह बीमा रहेको नेपाल आज जोर्डनसँग खेल्दैछ । अन्तिम अवे खेलमा जित निकाल्ने लक्ष्यसहित नेपाल बलियो प्रतिद्वन्द्वी जोर्डनविरुद्ध खेल्न लागेको हो । जोर्डनस्थित अम्मान अन्तर्राष्ट्रिय रंगशालामा खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे सुरु हुनेछ ।
नेपाल चौथो तथा अन्तिम अवे खेलमा दोस्रो जितको लक्ष्यमा रहँदा जोर्डन घरेलु मैदानमा उत्कृष्ट नतिजा आफ्नो पक्षमा पार्ने योजनामा छ । गत विहिबार अष्टे«लियासँग हार ब्यहोरेसँगै जोर्डन पुगेको टोली बिगतमा जोर्डनसँग रहेको इतिहास फेर्न चाहन्छ । २०११ मा भएको विश्वकप छनोटमा नेपाल जोर्डनसँग ९–० को फराकिलो अन्तरले पराजित भएको थियो ।
फिफा वरीयतामा जोर्डन ९८ औं स्थानमा छ भने नेपाल १ सय ६१ औं स्थानमा छ । छनोट अन्तर्गत समूहका २ खेलमध्ये १ मा खेलमा बराबरी र १ मा जित निकालेको जोर्डन ३ अंक बटुल्ने रणनीतिमा रहँदा नेपाल अंक खोस्न चाहन्छ । समूह तालिकामा जोर्डन ४ अंकसहित तेस्रो स्थानमा छ । नेपाल ३ अंकसहित चौथो स्थानमा छ । नेपालले जोर्डन भन्दा एक खेल बढी खेलेको छ ।