काठमाडौं । थाइल्याण्ड प्रशिक्षणमा जान लागेको नेपाली राष्ट्रिय भलिबल टोलीको कप्तानी अरुणा शाहीले गर्ने भएकी छन् । भोलिबाट २२ दिनका लागि थाइल्याण्ड जान लागेको टोलीको कप्तानी अरुणाले गर्ने भएकी हुन् ।
नेपाल भलिबल संघले सिनियर खेलाडीका हैसियतले अरुणालाई कप्तानीको जिम्मेवारी दिने बताएको छ । पूर्वकप्तान विनिता बुढाथोकी र उपकप्तान मन्जु गुरुङ प्रारम्भीक छनोटमा समेत नपरेको अवस्थामा सिनियर खेलाडीका रुपमा अरुणा कप्तान हुने भएकी हुन् ।
नेपाली टोली बुधबार थाइल्याण्ड जाँदैछ । थाइल्यान्ड बसाइका क्रममा टोलीले ५ मैत्रीपूर्ण खेलसँगै अभ्यास गर्नेछ ।