प्रहरीका अनुसार उपचाररत मुस्कानको बयान लिइसकेको छ । एसिड प्रहार गर्नेहरु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८३ (ज्यान मार्ने उद्योग) र १९३ (तेजाव वा अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी कुरुप पार्न नहुने) मुद्धा दर्ता गरिंदैछ ।

जसमा दफा १३८ को उपदफा २ बमोजिम १० वर्ष कैद र १ लाख रुपैयाँसम्म जरीवाना, १९३ को उपदफा २ बमोजिम ५ देखि ८ वर्ष कैद र १ लाखदेखि ५ लाख जरीवाना र सोही दफाको उपदफा ३ बमोजिम जरीवाना वापत प्राप्त हुने पुरै रकम पीडितलाई क्षतिपूर्ति बापत दिनुपर्ने माग गरिएको छ ।

अधिकतम सजायको माग दाबीसहित सक्कली मिसिल कागजात, प्रतिवादीहरु, रायसहित जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए । ‘घटना भएकै दिन दुवै अभियुक्तलाई हामीले पक्राउ गर्न सफल भएका थियौं, नारायणी अस्पतालले दिएको प्रारम्भीक रिपोर्ट हामीसँग छ,’ उनले भने, ‘पिडित मुस्कान खातुनको बयान भयो भने मुद्धा बलियो हुन्छ भनेर चिकित्सकसँगको परामर्श पछि स्थानीय प्रहरीसँगको समन्वयमा बयान लिइसकेका छौं । मुद्धा सरकारी वकिलमा बुझाईसकेका छौं । सम्भवतः मंगलबार मुद्धा अदालतमा पेश हुन्छ ।’

उनले कीर्तिपुर अस्पतालबाट मुस्कानको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्ट माग गरेको तर आइनसकेको जानकारी दिए ।

पर्साका सञ्चारकर्मीहरुको रोहबरमा पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरसंग भेटेर उनले मुस्कान घटनाको अनुसन्धान बारे चासो देखाउँदै जिल्ला सरकारी वकिल कार्यालय पर्साका अधिवक्ता रुद्र पन्थिले एसिड आक्रणकारीलाई मंगलबार अदालतमा पेश गर्ने जानकारी दिए ।

मुस्कान घटनाका अभियुक्त द्वय समसाद मिया र मजिद मियालाई सजायको सवालमा परिवारजनले चलखेल शुरु गरेपछि सासद यादवले प्रहरीसंग मुद्दाको विषयमा जानकारी लिएकाछन् ।

वीरगंज नारायणी अस्पतालका ४ जना डाक्टरहरुले समसादको उमेर १८ वर्ष र मजिदको उमेर २० वर्ष मेडिकल रिपोर्टमा उल्लेख गरेपनि परिवारजनले दुबैको उमेर क्रमशः १४ र १५ वर्ष भनेर प्रहरीमा दावीसहित नाबालिक भएकोले सोही अनुसारको सजायको लागि लबिङ गरिरहेका छन् ।

त्यसैगरी,पर्सा प्रहरीले पनि प्रारम्भिक अनुसन्धानको क्रममा समसादको उमेर १७ र मजिदको उमेर १६ वर्ष मात्र तोकेको प्रति सासद यादवले चिन्ता व्यक्त गरेकाछन् ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्याय, डेटिस्ट सोनी झा, अर्थोपेडिक डा. राजदेव कुशवाहा, रेडियोलोजिस्ट डा. विजयराज खनाल लगायतले मेडिकल रिपोर्टमा उमेर प्रमाणित गरेका हुन् ।

त्यसैगरी,पर्सा प्रहरीले दशैको विदालाई देखाउँदै अनुसन्धानमा ढिलाई भई पर्सा जिल्ला अदालतमा मुद्दाको फाइल पेश नगरेको स्पष्टिकरण दिएको छ । पर्साका प्रहरी उपरीक्षक राठौरले पक्राउ परेका अभियुक्तलाई कानुन बमोजिम नै कारबाही गरिने आवश्वान दिए ।

उनले २२ देखि २५ दिन भित्र जुन पनि मुद्दा अनुसन्धान गरेर अदालतमा पेश गर्नु पर्ने नियम रहेतापनि चाडपर्वले केही दिन ढिलाई हुदै ३७ दिन पुगेको बताए । आजभोलीमै मुद्दाको फाइल पेश हुने उनले जानकारी दिए ।

यससंगै स्कुल-क्याम्पसका छात्राहरु माथी हुने गरेको दुव्र्यवहारका घटना तथा यौनजन्य हिंसा नियन्त्रणको लागि पर्सा प्रहरीले ठोस कदम चाल्नु पर्ने प्रहरी उपरिक्षक राठौरलाई निर्देशन दिनु भएको थियो ।

यता विर्तामा सञ्चालित हार्डवेयर पसले मनीषप्रसाद मण्डलको नाममा पक्राउ पुर्जी जारी भइसकेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

विना स्वीकृति तेजाब तथा रसायनिक पदाथ बिक्री गरेको आरोपमा उनी माथि ज्यान सम्बन्धी मुद्दा र तेजाब खुल्ला रुपमा बिक्री गरेको मुद्दा लगाइएको पर्सा प्रहरीले जनाएको छ । कानुन बमोजिम ज्यान सम्बन्धी मुद्दामा १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।