बूढानिलकण्ठ नगरपालिकाबाट चार लाखसहित ११ जना जुवाडे पक्राउ
वीरगंज संजाल
२७ आश्विन २०७६, सोमबार ११:२८
२२३९
काठमाडौं । प्रहरीले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–४ बाट ११ जना जुवाडेलाई पक्राउ गरेको छ । गएराति पक्राउ परेका उनीहरुको साथबाट चार लाख नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठको टोलीले उनीहरुलाई पक्राउ गरेको परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । प्रभाग वूढानिलकण्ठका प्रहरी निरीक्षक (इन्सपेक्टर) भुपेन्द्र गिरीले सामाजिक विकृती विसंगतीविरुद्ध प्रहरी सक्रिय रहेको बताए ।
चाडपर्वको समयमा जुवातास, मदिरा सेवन गर्दै सामाजमा अशान्ति फैलिनसक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी सक्रियता बढाइएको गिरीले बताए । समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत जनतासँगको सहकार्यमा सामाजिक कार्यमा आफूहरु लागेको गिरीको भनाई छ ।