• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    २५-२५ मिटर सडक फराकिलो पार्ने विरोधमा मेनरोडका घरधनीद्वारा वीरगन्ज पसल बन्द गर्ने

  • वीरगंज संजाल
  • २६ आश्विन २०७६, आईतवार १०:२६
  • ३२७१

    वीरगन्ज  । बीरगन्ज बचाऔ संघर्ष समितीका अध्यक्ष जवाहिर प्रसाद गुप्ताको नेतृत्वमा त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरमा रहेका घर धनीहरु आज २ घण्टाको लागि आफनो पसल बन्द गर्ने समाचार प्राप्त भएको छ ।

    त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने भए पछि सोको विरोधमा आज मेनरोडमा रहेका घरधनीहरु आफनो पसल बन्द गरि विरोध जनाउने वीरगन्जको मेन रोडमा रहेका एक पसलका संचालकले बताएका हुन तर कति बजेदेखि कति बजे सम्म पसल बन्द गर्ने भन्ने उनले भनेन्न ।

    यता बीरगन्ज बचाऔ संघर्ष समितीका सयोजक पुरेन्द्र किशोर लाबसंग बुझदा यस्तो पसल बन्द गर्ने कुनै कार्यक्रम नरहेको बताए ।

    गण्डकदेखी भन्सार सम्म त्रिभूवन राजपथको दायाँवायाँ महानगरको तथ्याकं अनुसार १ हजार १ सय घर पर्छन । सिंगो बीरगंज महानगरभित्र करिव ४० हजार घर छन । तर राजपथको राइट अफ वे मा निर्माण गरिएका एघार सय घरवालाहरुको नेतृत्वमा बनेको संगठनको नाम “बीरगंज बचाऔ संघर्ष समितीहो” जस्को नेतृत्व अहिले बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले लिएका छन ।

    आधुनीक बीरगंजको निर्माणकालागि अव बाँकी ३९ हजार घरवालाहरुको “बीरगंज बनाऔं” भन्ने नयाँ संगठन बन्ने । पर्साका राजनीतिक दल,नेता र सरकार कता जाने हेर्न बाँकी छ ?

    भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टर सम्म प्रति घर दश हजार रुपैयाको दरले उठाएको पैसाले स्थानीय नेताहरु काठमाण्डौ डेलीगेशन गएकोले पनि सडक बिस्तारको बिषयले कस्तो मोड लिने हो भन्ने वीरगन्ज बासीमा जिज्ञासा बढेको छ ।

    यता त्रिभूवन राजपथको बीरगंज क्षेत्रमा, भन्सार बिन्दू देखी गण्डग सम्म सडक सेन्टरबाट २५-२५ मिटर सडक फराकिलो पार्ने बिषयले बीरगंजमा गम्भिर बहस शुरु भएको छ ।

    त्रिभूवन राजपथको दाया वायाँ सडक बिस्तारका बिषयमा पर्सेली केही नेताहरुले देखाएको ब्यवहारका कारण बीरगंज महानगर भित्रकै वडा नं २१ का नागरिकलाई निकै पीडा महशुस गरेका छन ।

    सडकको लालपूर्जा हाम्रो हातमै छ । बिकास होस भन्ने मनसायले बिस्तार अभियानलाई सहयोग गरेर घर भत्काउन दिएका हौ वडा नं २१ परवानीपुरका नागमणी उपाध्यायले भने बीरगंज फराकिलो नहुने हो भने सडक भत्काएर घर रोप्छौ असमान न्यायलाई सहेर बस्दैनौ ।

    सडक चौडागरेर आधुनीक बीरगंज निर्माणकालागि योगदान दिन आजको पुस्ताले राजनीतिक नेतृत्वलाई अपिल गरिरहेको छ । तर राजनीतिक नेतृत्व आजको पुस्ताको अपिलको वेवास्ता गर्दै त्रिभूवन राजमार्गको राइट अफ वे भित्र निर्माण भएका ब्यक्तिगत संरचनाहरुको संरक्षणमा लागेका छन ।

    भारतको सहयोगमा सन १९५६ मा निर्माण भएको त्रिभूवन राजपथ नेपाल सरकारले निर्धारण गरेको राजमार्ग मापदण्डमा पहिलो नम्बरमा पर्छ । त्रिभूवन राजपथ सडक ऐन २०३१ अनुसार मुख्य राजमार्गको मापदण्ड भित्र पर्छ । सडक ऐनले नै सडकको क्षेत्राधिकार तोकेको हुन्छ । ऐनले तोकेको क्षेत्राधिकार अन्र्तगत नै अहिले २५(२५ मिटर फाराकिलो पार्न खोजिएको हो । २०३४ मै तत्कालीन सरकारले मुआव्जा दिएको सरकारी तथ्यले देखाउछ । मुआब्जा कसले लियो लिएन भन्ने बिषयका आधारमा राजमार्ग बिस्तारको कामलाई रोक्न नहुने आजको पुस्ताको भनाई छ ।

    नेताहरु र सडक दाया बाया घर भएकाहरुले बनाएको तथाकथित बीरगंज बचाऔ अभियानका मान्छेहरु सडक फराकिलो पार्न नहुने भन्दै सरकोकारवाला मंत्रीको कार्यालयमा डेलीगेशन गउपछि सामाजिक संजालमा समेत त्यसको बिपक्षमा कडा प्रतिक्रियाहरु आइरहेको छ ।
    सामाजिक संजालमा बीरगंजको सडक बिस्तार रोक्न खोजेको भन्दै तस्विरमा देखिएका नेताहरुलाई बहिष्कार गर्नु पर्ने सम्मको अपिल गरेका छन । त्यही नेकपाका सासद पुष्पा कर्णले बीरगंजलाई सुन्दर ब्यवस्थित बनाउन पर्छ भन्दै सामाजिक संजालमै युवाहरुको बिचारलाई प्रोत्साहित गर्दै्िछन ।

    एउटै महानगरका अलग अलग वार्डमा फरक खालको ब्यवहार हुन्छ भने त्यो कसैकालागि सैह्य हुने कुरा होइन । पर्सेली राजनीतिकर्मी चुकेको यही निर नै हो । परवानीपुर सडक खण्डमा उधोगहरुको क्षेत्र भत्किदा प्रतिक्रिया बिहिन भएका उधोगी र उधोग वाणिज्यसंघ बीरगंजको बिस्तारको बाधक किन बन्दैछ भन्ने कुरा पेचिलो बन्दै गएको छ ।

    बीरगंज ऐतिहासिक शहर र सडकका बिकल्प भएकोले बीरगंज भत्काउन नहुने तर्क पनि गर्न थालिएको छ । ऐतिहासिक हुनुको मापदण्ड के हो ? ऐतिहासिक भन्नेहरुले यसबारेमा केही बताएका भने छैनन ।

    तर त्यतीको आधारमा सडक बिस्तार रोक्न नहुने आजको पुस्ताको माँग छ । दिनहु घण्टारदेखी माइस्थान सम्म पटक पटक जाममा पर्नेहरुले सडकमै यस्तो जाम हुदा पनि बिस्तार गर्न नहुने भन्दै नेताहरुप्रति आक्रोश ब्यक्त गर्दै आएका छन । यस्तो परिवेशमा केही नेताहरुको छवी बिकास बिरोधी बन्ने पक्का छ । त्यही नेतृत्वलाई भोलीका दिनमा जनताले कसरी पत्याउछन बिचारणीय भएको छ ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास
  • पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद
  • पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान
  • वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      थप १२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जना सक्रमण मुक्त

      सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने एक पक्राउ

      बिन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ खुल्दै

      जनकपुरधाममा शपथ ग्रहण बहिस्कार गरेका एमालेका निर्वाचित जनप्रतिनिधिले लिए शपथ

      नेप्सेमा दोहोरो अंकको गिरावट

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नगरप्रमुख शाह द्वारा विद्यालय भवनको शिलान्यास

      News

      पर्साको जानकी टोलबाट ५१ कार्टुन चल्ला बरामद

      News

      पोखरीयामा रक्तदान कार्यक्रम सम्पन्न, ३४ जनाद्वारा रक्तदान

      News

      वीरगञ्जमा न्युनतम पारिश्रमिक कार्यन्वयन सम्बन्धमा अन्तरक्रिया

      News

      रेनु दाहालसहित परिवार चढेको गाडी दुर्घटनामा, सामान्य घाइते


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑