भन्सार सुरक्षाका लागि खटिएको सशत्र प्रहरीको गस्ती टोली द्वारा भारी मात्रामा लागु औषध बरामद
वीरगंज संजाल
Oct 11, 2019, 5:13 pm
२३९०
शेयर
वीरगन्ज | पर्साको वीरगन्ज महानगरपालिका वडा नं. १६ स्थित भन्सारमा रहेको सशत्र प्रहरी १४ गल्मका राजश्व तथा भन्सार सुरक्षाको लागि खटिएको गस्ती टोली भारतबाट नेपालतर्फ आउदै गरेको एक व्यक्तिलाई शंकाको अधारमा चेक जाँच गर्ने खोज्दा झोला सोही स्थानमा छोडी फागेमा उक्त झोलाबाट शसत्र प्रहरीको गस्ती टोलीले डाईजोल्याव १ हजार पीस नोर्फिन १ हजार पिस त्यस्तै फेनारगन १ हजार पिस बरामद गरेको छ ।
बरामद गरिएको लागु औषध आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रियाको लागी लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय वीरगंज पर्सामा पठाइएको सशत्र प्रहरीले जनाएको छ ।