अस्ट्रेलियाले पायो आत्मघाती गोल उपहार, नेपाल ४-० गोलले पछाडि
वीरगंज संजाल
२३ आश्विन २०७६, बिहीबार १६:५३
३१८९
काठमाडौं । अस्ट्रेलियाविरुद्ध नेपालले चौथो गोल खाएको छ । विश्वकप फुटबल छनोटको समूह चरणको खेलमा नेपाली बलियो मानिएको टोली नेपालले ५९ औं मिनेटमा आत्मघाती गोल खाएको हो ।
यसअघि पहिलो हाफमा म्याक्लारेनले दुई तथा साउटरले एक गोल गरिसकेको छन् । खेल अस्ट्रेलियाको क्यानबेरास्थित जीयो रंगशालामा हुँदैछ ।
यसअघि विश्वकप छनोट चरणको पहिलो खेलमा कुवेतसँग ७–० अन्तरले पराजित भएको नेपाली टोलीले दोस्रो खेलमा भने पुनरागमन गर्दै चाइनिज ताइपेइलाई २-० ले पराजित गरेको थियो ।